अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

कतारमा ८० नेपाली अलपत्र सहयोगका लागि याचना

बिआरटीनेपाल २०७३ फागुन ४ गते २३:१३ मा प्रकाशित

विदेशी भूमिमा रहेर पिडा सहनु वा भोग्नु नेपालीको भाग्य वा बाध्यता, नेपालमा रहेका बिचौलिया र मेनपावरको नाममा ठगि दलाली गर्ने मानव तस्करहरुको विश्वासमा लाखौ खर्च गरेर अरबको कुना कन्दरामा अवस्थित नाम नचलेका साना तिना कम्पनीमा श्रम बेच्न नेपालका दूरदराज गाउँ बस्तीका नेपाली बाध्य छन् । उनीहरू आफ्नै व्यक्तिगत उदेश्यमा सीमित मात्र निहित थिएनन् घर परिवार, सके समाज र सरकारलाई समेत आफूले आर्जेको रेमिटेन्शबाट धनी बनाउने उदेस्यमा थिए । तर विडम्बना नेपालबाट अनेक बहानामा पठाइन्छ र यहाँ दुखः र समस्यामा अल्झिदा हेर्ने वा सहयोग, चासो दिने कुनै अधिकारिक निकाय हुँदैन ! सरकारको पहुच अर्थात् विदेशमा आफ्नो गार्जेन नेपाली दूतावास कानमा तेल हालेर बस्छ र जानकारी दिन जाने नेपालीलाई अनेकौ कानुनका पाठ सिकाएर समाधानका उपाया बेगर फिर्ता पठाई दिन्छ भने गैर नेपाली सस्थाहरु देखे नदेखे गर्छन् यस्तै समस्यासँग संघर्षरत छन् वैदेशिक रोजगारकिो सिलसिलामा कतार आईपुगेका असी जना नेपाली युवाहरू ।

करिब चार महिना देखी ८० जना नेपाली अलपत्र परेका छन् भने कतार ल्याउने कम्पनी सञ्चालक आफै कामदारलाई तलब नदिई सम्पर्क विहिन भए पछि उनीहरू अलपत्रमा परेका हुन् । विगत दुई महिना देखि उनीहरूले कतारमा रहेका आफन्त तथा चिनेजानेका नेपालीसँग सहयोग मागेर दैनिक एक छाक मात्र खाएर दिन काटि रहेका छन् । आफूलाई ल्याउने कम्पनीका अधिकारिक व्यक्तिहरू भागेपछि कतार स्थित नेपाली दूतावासमा पटक पटक सम्पर्क गर्दा पनि दूतावासले गम्भीरता नलिएको र कुनै प्रक्रिया वा सल्लाह नदिएकाले यहाँको सरकारी निकाय स्थित कानुनी प्रक्रियामा जान समेत समस्या परेको उनीहरूको गुनासो छ । नेपालमा झलक्क हेर्दा भेडा थुन्ने जस्ता भत्किएका बेड र साघुरा कोठामा १२ जना भन्दा बडी मान्छे बस्न बाध्य उनीहरू साघुरो बसाइमा एकआपशको स्वश प्रस्वाश तथा खानाको कारणले बिरामी पर्न लागेका र औषधि उपचारमा समस्या परे पछि थप चिन्तित देखिएका थिए ।

उक्त समस्यालाई विभिन्न सोसियल मिडिया मार्फत जानकारी पाउना साथ कतार स्थित अन्तर्राष्ट्रिय नेपाली समाज कतार-INSQ (नयाँ शक्ति नेपालको विदेश विभाग) ले आफ्नो ध्यान आकर्षण भएको जनाउदै आफ्ना कतारका सङ्गठन संयोजक बि बि खराल, मुस्लिम विभागका संयोजक इब्राहिम मिया, कलिम मिया, बसिर मिया, मनोज दाहाल लगायतलाई कतारको सनैया स्थित पीडितको क्याम्पमा पुगेर पीडित कामदारसँग छलफल गर्न आग्रह गरे अनुसार उहाहरू मङ्गलवार त्यहाँ पुगेर समस्या र अवस्थाको बारेमा जानकारी लिनु भएको जनाएको छ । पीडितसँगको भेटघाटको क्रममा बोल्दै INSQ कतारका संयोजक बि.बि. खरालले पीडित कामदारलाई तत्काल उद्धारको लागि पहल गर्न नेपाल सरकारसँग माग गर्दै अलपत्र परेका नेपालीलाई सहयोग गरिदिन र संस्था रूपमा नेपाल फर्किने वातावरण बनाइदिन कतारमा अवस्थित नेपाली दूतावास, विभिन्न वैचारिक तथा जिल्ला सङ्घ संस्थालाई अनुरोध गर्नु भएको छ । खरालका अनुसार कानुनी कारबाहीको लागि पीडित कामदारलाई अत्यावश्यक पर्ने अरबी, अङग्रेजी भाषा नआउने भएकाले थप समस्या परेको जनाउदै आफू र आफ्नो सङ्गठन INSQ ले त्यसको लागि सक्दो सहयोग गर्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू