अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५१ | Colorodo: 11:06

प्रेम दिवस (भ्यालेन्टाइन डे) सन्दर्भ: एउटा चाह – विप्लव प्रतीक

बिआरटीनेपाल २०७३ फागुन २ गते १२:३० मा प्रकाशित

माया अब कसैसँग गर्न मन छैन
माया अब केवल महसुस गर्न मन छ
एउटी त्यस्ती परीसँग, जो साउतीमा बोल्छे,
प्वाँखझैँ उड्छे, अँगालोमा छैन
तर, सँगै रहन्छे ।

म आँसु आफैँ पुछुँ, तर उसले पुछेझैँ लागोस्
म लड्दा आफैँ उठूँ, तर उसले उठाएझैँ लागोस्
माया अब कसैसँग गर्न मन छैन
माया अब केवल महसुस गर्न मन छ
एउटी त्यस्ती परीसँग, जो साउतीमा बोल्छे,
प्वाँखझैँ उड्छे, अँगालोमा छैन
तर, सँगै रहन्छे ।

म उसको बह बुझुँ तर उसले चालै नपाओस्
मैले हिफाजत गरेको उसले पत्तै नपाओस्
माया अब कसैसँग गर्न मन छैन
माया अब केवल महसुस गर्न मन छ
एउटी त्यस्ती परीसँग, जो साउतीमा बोल्छे,
प्वाँखझैँ उड्छे, अँगालोमा छैन
तर, सँगै रहन्छे ।

प्रतिक्रिया