अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४७ | Colorodo: 02:02

अमेरिकाका विभिन्न सहरमा युवा गायक नरेन लिम्बुको प्रस्तुति

बिआरटीनेपाल २०७३ माघ २९ गते १२:४८ मा प्रकाशित

विजय थापा,वासिङ्टन डिसी

अमेरिका का विभिन्न राज्यहरूमा युवा गायक नरेन लिम्बुको साङ्गीतिक प्रस्तुति हुने भएको छ l केटिएम इन्टरटेनम्नेट तथा गोर्खाली फाउन्डेसन नामक संस्थाहरूको सयुक्त आयोजना उक्त कार्यक्रम हुने भएको छ

नरेन लिम्बुले गाएका प्रख्यात गीतहरू भन्न आउदैन ,अन्तिम माया ,तिमि आउन ,भन्न आउदैन २ ,हरपल ,आत्मा मा ,गार्हो छ ,के साह्रो भएको,सुन तथा नेपाली ठिटो जस्ता गीतहरू निकै चर्चामा छन् l

उनलाई साथ दिने ब्याण्ड (सङ्गीत मण्डली )दि बिट्समा गिटारमा रोकेश गुरुङ ,लीड गितारमा विष्णु गुरुङ ,ड्रममा रेन्जी शेर्पा तथा बासमा टासी गुरुङ रहने छन् l

अमेरिकामा उनको प्रस्तुति आगामी फेब्रुअरी १७ तारिख बोस्टन तथा फेब्रुअरी २५ तारिख न्युयोर्कमा हुने तय भएको छ भने टेक्सस ड्यालस ,सन् फ्रान्सिस्को ,बाल्टिमोर ,भर्जिनिया तथा अन्य सहरहरूमा पनि कार्यक्रम राखिने भएको जानकारी शरद युवराज सिंहले दिएका छन् l
विस्तृत जानकारीको लागि रोकेश गुरुङ सँग १ (३०१ )९१५-५०६८ मा सम्पर्क गर्न सकिने छ l

प्रतिक्रिया