अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५८ | Colorodo: 06:13

‘रफत सञ्चार क्लब’को शाखा विस्तारमा तीब्रता

बिआरटीनेपाल २०७३ माघ २७ गते १:३६ मा प्रकाशित

रफत सञ्चार क्लबले मध्यपश्चिमका विभिन्न जिल्लामा शाखा विस्तारको अभियानलाई तीब्रता दिएको छ ।  मध्यपश्चिमको दैलेखबाट शुरु गरिएको सोअभियान अन्र्तगत दैलेखमा कुमार प्याकुरेलको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको क्लबका केन्द्रीय अध्यक्ष शुसिलबन्धु थापाले जानकारी दिए । उनका अनुसार प्रदेश नंम्बर ६ को प्रस्तावीत राजधानी समेत रहेको सुर्खेतमा पनि क्लबको शाखा विस्तार गरिएको छ ।

सुर्खेत शाखाको अध्यक्षमा खगेन्द्र अधिकारीको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको छ । यस्तै समितिको उपाध्यक्षमा रमेशकुमार पाण्डे, सचिव सबिता जीसी, सहसचिव डिलप्रसाद शर्मा, कोषाध्यक्ष बखत बुढा रहेका छन् । सदस्यहरुमा आइसिंह रोकामगर र चाँदनी केसी छन् । त्यस्तै, भेलाले तीन जना पत्रकारलाई सल्लाहकारमा चयन गरेको छ । भेलाले कलेन्द्र सेजुवाल, सुशिल शर्मा र प्रकाश अधिकारीलाई सल्लाहकारमा चयन गरेको छ ।

यसैगरी बाँकेको नेपालगन्जमा महिला पत्रकार रञ्जिता ढकाल (थापा) को संयोजकत्वमा ७ सदस्यीय क्लबको शाखा गठन गरिएको छ । बाँके शाखामा भने कार्य समिति पदाधिकारीहरुमा सबै महिला पत्रकारहरु मात्रै रहेका छन् ।

क्लबका केन्द्रीय अध्यक्ष थापाले राष्ट्रिय तथा स्थानीयस्तरका मुद्दाहरुलाई अन्तरसंवादका माध्यमबाट प्रचारप्रसार गर्ने, बहस सिर्जना गर्ने र सरोकारवालालाई देश र जनताप्रति जवाफदेही बनाउन नवगठित शाखाले महत्वपूर्ण भूमिका निर्वाह गर्न गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू