अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३२ | Colorodo: 03:47

डिमोइन, आईओवामा सरस्वती पूजा २०७३ भव्यताको साथ सम्पन्न

बिआरटीनेपाल २०७३ माघ २३ गते १४:२७ मा प्रकाशित

अमेरिकाको अाइअोवा राज्यको डिमोइनमा अवस्थित “हिन्दु सांस्कृतिक एवम् शैक्षिका केन्द्र” र “भुटानी ढुक-ढुकी” को संयुक्त आयोजनामा आइओवा राज्यको राजधानी डिमोहिन सहरमा हिजो शनिवारका दिन हिन्दु धर्म संस्कार अनुसार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा विधिवतरूपमा सम्पन्न भएको छ । कार्यक्रम बिधिवतरूपमा मन्त्र पाठ, सरस्वती बन्दना र प्रवचन गर्दै पण्डित मुक्ति सुवेदीले सुरु गर्नु भएको थियो । घर-घरबाट पूजा सामग्री लिएर आएका सरस्वती माताका भक्तजन तथा विद्यार्थीहरूले विधिवत सरस्वती पूजा गरेपछि अन्य भजन कीर्तन, नाँचगान तथा विभिन्न सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भएको आयोजक समितिका अध्यक्ष टंक धितालले बताउनु हुन्छ । उक्त अवसरमा हिन्दुत्वका विषयमा Drake University को प्रस्तुतिले कार्यक्रमलाई थप रोचकिलो बनाएको थियो । 

“हामी जहाँ रहेका भए पनि हाम्रो धर्म, संस्कृति, रितिरिवाज,परम्परा लगायतका माैलिक र पुरातात्विक सम्पदाहरूलाई खुलेर मान्न पाउनु हाम्रो नैसर्गिक अधिकार हो,जो मानव अधिकार भित्र पर्दछ, “आयोजनाका महासचिव सोम आचार्यले प्रकाश पार्नु भयो । घर-घरबाट प्रफुल्लताका साथ फलफुल र धूपाक्षता लिएर पूजामा सरिक हुन आउनु हुने सम्पूर्णलाई धन्यवाद पनि ज्ञापन गर्नु भयो ।

हाम्रो धर्म माैलिकता जीवित रहेमात्र हामी स्वसंस्कृति र पहिचान सहितको जाति रहन सम्भव छ । वास्तवमा हाम्रो धर्म,संस्कार र जातीय गरिमासँग जोडिएको सात्स्वत पक्ष हाम्रा युवा वर्ग र नव सन्ततीहरूलाई सिकाउनु साथै चिनाउनु पनि छ । तसर्थ, कुनै पनि स्वर्थ र मतान्तरका पछाडि नलागि एकतामा गोलबद्ध हुनु जरुरी छ । पण्डित मुक्ति सुवेदीले बताउनु भो । उक्त कार्यक्रमलाई भुटानी ढुक-ढुकी र पाथिभारा न्यूज़ले प्रत्यक्ष प्रसारण गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू