अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३७ | Colorodo: 07:52

मिस नेवाका प्रतियोगीले देखाए आफ्नो ट्यालेन्ट

बिआरटीनेपाल २०७३ माघ १९ गते ९:५३ मा प्रकाशित

नेप्लिज फेशन होमद्धारा आयोजित ‘१२ औं मिस नेवाः ११३७’का प्रतियोगीले आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका छन् । प्रतियोगीले  बुधबार राजधानीमा ट्यालेन्ट शो अन्तर्गत विभिन्न कला प्रस्तुत गरेका हुन् ।

सो प्रतियोगितामा बहुसँख्यक प्रतियोगीले नृत्य प्रस्तुत गरे । जस अन्तर्गत स्नेहा महर्जन, मेरीना मानन्धर, गँगा देउला, ओमिजिना महर्जन, शिला प्रजापति, सलिना श्रेष्ठ, सविना खड्गी, रोमानी महर्जन, सुमन श्रेष्ठ, रोज महर्जन, मुना केसी, इसु श्रेष्ठ, समिता श्रेष्ठ, मोनिमा खड्गी, जुनु त्वयनाले विभिन्न नेवारी नृत्य प्रस्तुत गरेका थिए  ।

यस्तै कृजना डँगोलले तेक्वान्दोका विभिन्न काँता प्रस्तुत गरिने भने आकृति महर्जनले हस्तकलाको सिप पस्किईन् । यस्तै विभिन्न विषयमा प्रतिसरा नापित, रोशना श्रेष्ठ, आजेस्वी श्रेष्ठ र लेनिना बज्राचार्यले आफ्ना बतृत्वकला प्रस्तुत गरे ।

गायन तर्फ पल्पसा श्रेष्ठ र सृष्टी खड्गीले नेवारी गीत गाएका थिए । आज्ञा कारञ्जितले अभिनय प्रस्तुत गरिन् । ट्यालेन्ट शोका निर्णायकमा बोधी टेलिभिजनका प्रबन्ध निर्देशक भरत शाक्य, गायिका निशा देशार, कार्टुनिष्ट रविन सायमी, नृत्य निर्देशक रिना महर्जन र भैरब नृत्यकार अमरज्योती रँजित थिए ।

आगामी २६ माघमा काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने अन्तिम प्रतिस्पर्धाबाट मिस नेवाः ११३७ चयन हुने आयोजक सँस्थाकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराईन् ।

प्रतिक्रिया