अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४८ | Colorodo: 09:03

सरस्वती पूजा २०७३ तथा सांस्कृतिक कार्यक्रम डिमोइनमा सम्पन्न हुँदै…

बिआरटीनेपाल २०७३ माघ १७ गते १५:३७ मा प्रकाशित

अमेरिकाको अाइअोवा राज्यको डिमोइनमा अवस्थित “हिन्दु संस्कृति एवम् शैक्षिका केन्द्र” र “भुटानी ढुक-ढुकी” को संयुक्त आयोजनामा आइओवा राज्यको राजधानी सुन्दर नगरी डिमोहिन सहरमा मिति फेब्ररी ०४, २०१६, शनिवारका दिन हिन्दु धर्म संस्कार अनुसार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा विधिवत सम्पन्न गरिने भएको छ । घरघरबाट पूजा सामग्री लिएर आएका सरस्वती माताका भक्तजन तथा विद्यार्थीहरूले विधिवत सरस्वती पूजा गरेपछि अन्य भजन कीर्तन, नाँचगान तथा विभिन्न सांस्कृतिक कार्यक्रम पनि सम्पन्न हुने आयोजक समितिका अध्यक्ष टंक धितालले हामीसँग कुरा गर्दै बताउनु भयो ।

हिन्दु संस्कृति तथा शिक्षा केन्द्रले आयोजना र व्रयवस्थापन गर्ने उक्त कार्यक्रमलाई भुटानी ढुक-ढुकीले मिडिया संयोजन र प्रचारप्रसार गर्ने निर्णय भएको पनि आयोजकले जानकारी दिएको छ । उक्त अवसरमा हिन्दुत्वका विषयमा Drake University ले प्रकाश पार्ने पनि कार्यक्रम रहेको छ । 

“हामीले जहाँ रहेका भए पनि हाम्रो धर्म,संस्कृति, रितिरिवाज,परम्परा लगायतका माैलिक र पुरातात्विक सम्पदाहरूलाई खुलेर मान्न पाउनु हाम्रो नैसर्गिक अधिकार हो,जो मानवअधिकारभित्र पर्दछ,” आयोजनाका महासचिव सोम आचार्यले प्रकाश पार्नु भयो । घरघरबाट प्रफुल्लताकासाथ फलफुल र धूपाक्षता लिएर पूजामा सरिक हुन आउन उहाँले समस्त अाइअोवाबासीलाई विशेष अनुरोध गर्नु भयो ।

कार्यक्रम निम्न तपशिल बमोजिम हुने पनि जानकारी गराइएको छ ।

मितिः शनिवार, फेब्ररी माहिनाको ०४, तारिक २०१७ साल ।
स्थानः 2511 Eagle Point Ct. Des Moines, IA 50320
समयः अपरान्ह चारबजेदेखि साँझ ०८ः०० बजेसम्म ।
हाम्रो धर्म माैलिकता जीवित रहेमात्र हामी स्वसंस्कृति र पहिचान सहितको जाति रहन सम्भव छ । वास्तवमा हाम्रो धर्म, संस्कार, र जातीय गरिमासँग जोडिएको सात्स्वत पक्ष हाम्रा युवा वर्ग र नव सन्ततीहरूलाई सिकाउनु साथै चिनाउनु पनि छ । तसर्थ, कुनै पनि स्वर्थ र मतान्तरका पछाडि नलागि एकतामा गोलबद्ध भएर कार्यममा सहभागी हुन भुटानी ढुक्ढुकी परिवार समस्त अाइअोवबासीहरूमा हार्दिक अनुरोध गर्द छ ।

परदेशमा रहेर घरेदेशको सङ्गत निर्माण गरिहरेको आयोजक समितिलाई कार्यक्रम सफलताका निम्ति हार्दिक मङ्गलमय शुभकाना ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू