अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५६ | Colorodo: 03:11

नेपाली चेली तेरिया मगर पुन भारतीय झलक दिख्ला जा सिजन सातको अन्तिम चरणमा छनौट

बिआरटीनेपाल २०७३ माघ २ गते २३:५३ मा प्रकाशित

गत शनिवार जनवरी १४ तारिखमा भएको अत्यन्तै प्रतिस्पर्धा रहेको भारतीय मनोरंजन कार्यक्रम झलक दिख्ला जा सिजन ७ को पार गर्दै अन्तिम तीनमा पुग्न सफल भएकी छिन् l

उक्त कार्यक्रममा सेमी फाइनल (अर्ध अन्तिम चरण )मा ५ जना जोडी रहेकोमा ब्राभो तथा भावनाको प्रस्तुतिमा ब्राभो आफ्नो निजी कारणले प्रतिस्प्रद्धा छोड्ने भएकोले अन्तिम चरणको लागि उत्कृष्ट ४ मध्येमा पनि सर्बोकृष्ट प्रस्तुति देखाउदै तेरिया मगर सबै भन्दा पहिला अन्तिम चरणमा पुगेकी छिन् l
अन्तिम चरणमा पुग्नेहरुमा प्रथम तेरिया मगर, दोस्रो शान्तनु तथा तेस्रोमा सलमान पुगेका छन् l उक्त अन्तिम चरणबाट सिद्धार्थ तथा वैष्णवि बाहिरिएका छन् l

अन्तिम चरणको प्रतिस्पर्धा आगामी जनवरी २१ तारिखमा हुने छ भने बलिवुडका नायक ऋतिक रोशन आउने भएका छन् l तेरिया तथा अर्यानले अभि मुझे कहीँ नामक अग्निपथको गीतमा नृत्य प्रस्तुति गरेका थिए l निर्णायक ३ जना मध्ये कै करनले आफू निकै भाबुक भएको र शब्द नै छैन भनी टिप्पणी गरेका थिए l अर्का निर्णायक फराहले आँसु आएको टिप्पणी गर्दै यो नृत्यले हृदय छोएको बताएकी थिइन् l

निर्णायक गणेशले तेरिया तिमि आश्चर्य जनक छौ भनेका थिए भने बलिवुडकि नायिका ज्याक्लिनले अहिले सम्म कै उत्कृष्ट नृत्य भनी अति सुन्दर भन्दै आफू भाबुक भएको टिप्पणी गरेकी थिइन् l चार जना निर्णायक हरुबाट १० मा १० गरी ४० मा ४० अङ्क (सयमा सय )अङ्क प्राप्त गरेकी थिइन् l अन्तिम चरणको मिश्रित नृत्यमा पनि अति उत्कृष्ट प्रस्तुति देखाउदै अन्तिम चरणमा तेरिया मगर पुगेकी छिन् l तेरियाकि आमाले सबै निर्णायकलाई नेपालबाट लगेको ढाकाको टोपी लगाई दिएकी थिइन् l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू