अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२४ | Colorodo: 06:39

‘आठौं बाल नाटक महोत्सव-२०७३’ का लागि १३ नाटक छनौट

बिआरटीनेपाल २०७३ पुष २८ गते ०:४७ मा प्रकाशित

‘आठौं बाल नाटक महोत्सव-२०७३’का लागि १३ नाटक छानिएका छन् । शैली थिएटर र रुसी सांस्कृतिक केन्द्रको आयोजनामा हुने ‘आठौं बाल नाटक महोत्सव-२०७३’का लागि ‘मुक्तिको यथार्थ र चाहना’, ‘डर’, ‘अज्ञानताको पट्टी’, ‘कुबेला’, ‘कोही किन बर्बाद होस्’, ‘कुचो आर्मी’, ‘भूत’, ‘डाक्टर आलु कालु’, ‘महिला हिंसा’, ‘बोक्सी समय’, ‘जलेको चिम’, ‘भान्का’‘कुमारी’ गरी १३ बाल नाटक छानिएका हुन् ।

कार्य्रकम संयोजक आर्यन न्यौपानेका अनुसार महोत्सवका लागि आलेख आह्वान गर्दा दुई दर्जन स्क्रिप्ट प्राप्त भएको थियो जसमध्य उत्कृष्ट १३ वटा नाटक मञ्चनका लागि छनोट गरिएको हो ।

नाटक महोत्सवमा छनौटमा परेका नाटककाहरु बुद्ध भैरव स्कूल, सुदेशा स्कूल, युनाइटेड स्कूल, महेन्द्र आदर्श विद्यालय, आम्स संस्था, रिलायन्स स्कूल, ग्रीनफिल्ड उच्च माध्यमिक विद्यालय,  नेसनल पायनियर एकेडेमी, सहारा नेसनल स्कूल, माल्पी सिटी स्कूल, आकाशगंगा इन्टरनेसनल स्कूल, फुलब्राइट स्कूल, र ख्वप स्कूल जगातीका  रहेको छ ।

कमलपोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा फाल्गुन २ गते देखि सुरु भै एक सातासम्म चल्ने नाटक महोत्सवमा मञ्चन गरिएका नाटक मध्ये उत्कृष्ट नाटक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनय महिला\पुरुष, प्रोत्साहन पुरस्कार र पब्लिक च्वाइस पुरस्कार गरि उत्कृष्ट ६ विधामा पुरस्कृत गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू