अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०७ | Colorodo: 17:22

दक्षिण कोरियामा ग्याल्बो लोसारको तयारी तीव्र

बिआरटीनेपाल २०७३ पुष २१ गते १२:०१ मा प्रकाशित

ग्याल्बो लोसारको अवसरमा वैदेशिक रोजगारीको क्रममा दक्षिण कोरियामा रहेका शेर्पा समुदायले विविध कार्यक्रम गर्ने भएको छ । शेर्पा सङ्घ दक्षिण कोरियाले कोरियन नयाँ वर्ष (सलनाल) मा नेपालीको मौलिक चाड मे मो च्या लो २१४४ औ ग्याल्बो लोशार विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको हो ।

ग्याल्बो लोसार आउने समय बाँकी भए पनि व्यापक सहभागिता र उत्लासपूर्ण रूपमा कार्यक्रम सफल बनाउन व्यापक प्रचारप्रसार थालिएको अध्यक्ष शेर साङबो शेर्पाले जानकारी दिए ।

सङ्घले कार्यक्रमलाई व्यापक बनाउन भिडियो प्रोमो, पोस्टर सार्वजनिक गरेको छ । लोसार कार्यक्रममा नेपालबाट नबोधित गायक लाक्पा शेर्पा ‘अमोद’ र डिजे ङवाङ आउने कार्यक्रमतय भएको छ ।

लोसारको शुभकामना आदान प्रदानका साथमा शेर्पा समुदायको भाषा, कला, संस्कृतिलाई प्रवासमा समेत व्यापक बनाई विश्वभर चिनाउन कार्यक्रम आयोजना गरिएको जनाएको छ । ग्याल्बो लोसारको महत्त्व, यसको विशेषता र रोजगारीको क्रममा प्रवासमा रहेका शेर्पाहरुवीच आपसी भातृत्व, चिनजान गराउने कार्यक्रमको मुख्य ध्येय रहेको अध्यक्ष शेर्पाले बताए । कार्यक्रमलाई सहभागी भई सफल बनाइ दिन समेत अध्यक्ष शेर्पाले सो अवसरमा आह्वान गरे ।

कार्यक्रम सौलको छुंगक याकमा जनवरी २८ तारिक साँझ ६ देखि बिहान ६ बजेसम्म हुने जनाएको छ ।आयोजकहरुका अनुसार लोसार विशेष कार्यक्रममा स्थानीय कलाकारहरूको समेत वेजोड प्रस्तुति रहनुका साथै नेपाली भाषी सङ्घ संस्थाका प्रतिनिधि र पत्रकारहरुको समेत बाक्लो उपस्थिति रहने छ ।
Bhuwan KC

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू