अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४० | Colorodo: 13:55

छिप्पदो साँझको संगीतमय भेडेटार र ‘रविन एण्ड द न्यु रिभोलुसन’का फ्यानहरु

बिआरटीनेपाल २०७३ पुष २१ गते १०:२५ मा प्रकाशित

साँझ छिपिदै थियो धरान १२ स्थित पब्लिक स्कुलको खेल मैदानमा युवा युवतीहरुको भिड बड्दै थियो । कारण थियो रविन एण्ड द न्यु रिभोलुसन को प्रस्तुती । रविनको प्रस्तुती हेर्न पब्लिक स्कुल परिसरमा दिउँसो देखीनै दर्शकहरुको भिँडभाड सुरु भई सकेको थियो । साँगीतिक शहरको रुपमा रहेको धरानमा गीत संगीतमा झुम्न वाहना चाहिन्छ, सबै जम्मा भई हाल्छन् । लामो समय पछि धरानमा लाइभ कन्सर्ट भएको कारण पनि हुन सक्छ पब्लिक मैदान साँझको ७ वज्दा नबज्दै भरिभराउ भइरहेको थियो ।

सिल्भर इन्टरटेण्डमेन्टले अंग्रेजी नया वर्षको स्वागत आयोजित न्यु इयर इभ कन्सर्टमा पब्लिको मैदान भरिभराउ थियो । साँझ ५ बजे सुरु हुने भनिए पनि २ घण्टा ढिला गरि सूरु भएको कार्यक्रममा रविन को प्रस्तुतीमा रम्न झण्डै ४ घण्टा नै पर्खनु पर्यो । जव रातको ९ बजेको थियो कार्यक्रम सञ्चलका रुपममा रहेका महेष लिम्बु र इक्सा मादेनले रविन एण्ड द न्यु रिभोलुसनको पुरा नाम लिन नपाउँदै दर्शक दिर्घामा हल्ला सुरु भइसकेको थियो । रविनका लागि धरान इटहरी इनरुवा विराटनगर तथा झापा देखी आएका दर्शकले एक साथ रविनको नाममा ..दम मारो दम को हुटिङ गरिरहँदा रविन समेत मख्ख देखिन्थे ।

पौषको चिसो रात अनि शितको समेत परवाह नगरी वसेका दर्शकलाई धेरै वेर नकुराइ रविनले हामीलाई विदेशी चाहिदैन देशको लागी हामी काफी छौं भन्दै सुरु गरे हाम्रो देश…बोलको गीत । यो गीत संगै युवाहरुलाई देशको लागी केही गर्न उक्साउन समेत भ्याएका थिए । रविनले तिम्रो दिन.. जति माया लाए पनि.., नेपाल मेरो गुलाबको काँडा.., चिसो चिसो हावामा.., भेटे मैले शिवजी.., दर्शकको रोजाईको दम मारो दम..लगायत एक दर्जन हाराहारीमा गीत प्रस्तुत गरे ।

रविन संगै कार्यक्रममा इन्दिरा जोशी, पुर्वाञ्चलको चर्चित ब्याण्ड द आउट साइडर र स्थानिय गायक बविन लिम्बुल समेत गीत प्रस्तुत गरेका थिए । कार्यक्रम रातको ११ वजे सम्म चलेको थियो ।

प्रतिक्रिया