अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०१
| Colorodo: 07:16
काठमाडौँ । नेपाली साङ्गीतिक फाटमा एउटा नयाँ नाम जोडिएको छ । त्यो येदीन गजमेर । गजमेर भजन एल्बम ‘मेरो प्राणनाम’बाट सांग्तििक फाटमा जोडिएका हुन् । अमेरिकामा रहँदै आएकी गजमेर तन अमेरिका मन नेपाली भन्दै नेपाली भजनका साथ साङ्गीतिक फाटमा देखिएका छन् ।
उनको एल्बममा नेपालका विभिन्न चर्चित गायक गायिका रामकृष्ण ढकाल, अनुप रेग्मी, कर्मा शेर्पा, धन बराईली, जेनिशा पौडेल, अनुश्का पाठक, निकि गुरुङ लगायतको आवाज रहेको छ । हालै अमेरिकामै एक समारोहको उनले एल्बम आमाबाबुको हातबाट बिमोचन गरे ।
संगीतिक क्षेत्रमा आफूलाई अगाडि बढ्न गायक तथा संगीतिकार अनुप रेग्मीको ठुलो सहयोग रहेको उनले बताए । उनी केही महिना पछि अर्काे आधुनिक एल्बम ल्याउने तयारीमा छन् ।