अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०० | Colorodo: 18:15

‘मिस इको इन्टरनेशनल-२०१७’ को क्राउन रोनाली अमात्यलार्ई

बिआरटीनेपाल २०७३ पुष १६ गते ७:०६ मा प्रकाशित

अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल-२०१७’मा कामनपा ११ की २१ बर्षीया रोशनी अमात्यले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । इको इन्टरनेशनल लागि आधिकारिकता प्राप्त ग्रिन आर्ट मिडियाले शनिबार राजधानीमा एक कार्यक्रम बीच प्रतियोगी सार्वजनिक गरेको हो ।

 

कार्यक्रममा मिडियाले अमात्यलाई ‘मिस इको इन्टरनेशनल नेपाल-२०१७’को क्राउन पनि पहिर्याएको छ । उनलाई ‘मिस इको इन्टरनेशनल नेपाल-२०१६’की बिजेता नंग्मा श्रेष्ठले ताज लगाइ दिइन् ।

अमात्य गत शनिबार राजधानीमा आयोजित प्रारम्भिक चरणको छनौटमा तीन दर्जन प्रतियोगीलाई पछि पार्दै ‘मिस इको इन्टरनेशनल नेपाल-२०१७’ को विजेता बनेकी हुन् । प्रारम्भिक चरणको निर्णायकमा अभिनेत्री तथा मिस नेपाल श्रृष्ठी श्रेष्ठ, मिस इको नग्मा श्रेष्ठ, अभिनेता मनोज आरसी लगायत रहेका थिए ।

 

मिस इको इन्टरनेशनल २०१७ आगामी अप्रिलमा इजिप्टमा आयोजना हुँदैछ । ८० राष्ट्रका सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीतामा यो नेपालको तेस्रो सहभागीता हो । यसअगाडी २०१५मा प्रिन्शा श्रेष्ठ र २०१६ मा नग्मा श्रेष्ठले सहभागीता जनाएका थिए ।

प्रतियोगतिामा २०१५ देखि आयोजना हुदै आएको छ । पर्यावरण र संस्कृतिलाई अन्तराष्ट्रिय नेटवर्क मार्फत सुचना प्रवाह गर्न यो प्रतियोगीताको आयोजना हुँदै आएको ग्रीन आर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले बताइन् ।

 

प्रतिक्रिया