अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३४ | Colorodo: 17:49

बिबिध कार्यक्रमका साथ बेल्जियममा ‘किराँत उधौली-२०१६’ सम्पन्न (तस्विरमा)

बिआरटीनेपाल २०७३ पुष १६ गते १:४४ मा प्रकाशित

किराँतहरुको ठुलो पर्व उधौली यो बर्ष बेल्जियममा पनि बिबिध कार्यक्रमका साथ मनाइएको छ । यहि २८ डिसेम्बर २०१६ का दिन युरोपको राजधानी बेल्जियमको ऐतिहासिक नगरि ब्रुग्गे सहरमा यहि संयुक्त किराँत समाज बेल्जियमको आयोजनामा  ‘किराँत उधौली-२०१६’धुमधामले मनाइएको हो ।

बेनेलक्स र यूरोपियन यूनियनको लागि नेपाली राजदूत लोक बहादुर थापाको प्रमुख अतिथि सम्पन्न कार्यक्रममा बेल्जियम स्थित बिभिन्न सङ्घ संस्थाका प्रमुखहरु र छिमेकी देश जर्मनी , इंग्ल्याण्ड निबासी अतिथिहरुबाट कार्यक्रमको सफलता र शुभकामना ब्यक्त सहित किराँतीहरुको प्रख्यात सांस्कृतिक नृत्यहरु च्याबरुंग,साकेला , धान नाच र अन्य नेपाली नृत्यहरू समेत प्रस्तुत गरिनुका साथै करिब तीन सय जनाको उपस्थिती रहेको कार्यक्रममा नेपाली सेल रोटी र अचार खाजा सहित रात्रि भोजको निशुल्क ब्यबस्था गरिएको थियो ।

बिमल सुब्बाको अध्यक्षता भएको उक्त कार्यक्रममा बेल्जिक अतिथिहरुलाई किराँत चाडको बिषय र महत्वको बारेमा संस्थाका संरक्षक एबम पूर्ब अध्यक्ष मुना राईले बेल्जिक भाषामा प्रस्तुत गरेर बिदेशमा पनि नेपाली संस्कृतिहरुको चिनारी दिने काम गरिएको थियो ।

कार्यक्रमलाई संस्थाका महासचिब माकुना किराँतले संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू