अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२५ | Colorodo: 07:40

यसोधा खालिङको नेपाली संगीत मोह अमेरिकाले घटाउन सकेन-‘मेरो मन’ सार्वजनिक(भिडियो सहित)

बिआरटीनेपाल २०७३ पुष १४ गते ६:३७ मा प्रकाशित

नेपाली सुगम संगीतमा एक दसक देखी सकृय गायिका यसोधा खालिङ राईको ’मेरो मन’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । हाल अमेरिकामा रहेकी गायीका यसोधा खालिङ राइले उतै बसोबास गरिरहेका गायक तथा संगीतकार बनाएका एन.बि. दाहालको संगीत र गीता खत्रीको शब्दमा रहेको ’मेरो मन’बोलको गीत माथी बनेको म्युजिक भिडियो आर्टिस नेपालको युटुव च्यानल मार्फत सर्वजनिक गरिएको हो ।

गायीका यसोधा संगै गायक बिशो तेन्जिङको पनि स्वर रहेको मेरो मनको म्युजिक भिडियोलाई संचारकर्मी नव ढुंगेलले निर्देशन गरेका हुन् । मोडेल सम्पदा बानिया र योगेन्द्र राइले अभिनय गरेको भिडियोमा अमृत सुनुवार तथा टिमले छायाँकन रहेको छ भने माधव बेल्बासेले भिडियोको सम्पादन गरेका हुन ।

शोलुखुम्बुमा जन्मिएकी गायिका यसोधा स्कुल पढ्ढादेखी नै गायनमा सकृय थिईन । स्थानिय स्तरमा हुने बिभिन्न साँगितीककार्यक्रममा नछुटाई सहभागी हुने यसोधाले अध्ययनको शिलशिलामा काठमाडौं आएपछी संगीतको औपचारिक शिक्षा पनि लिएकी थिईन । सन २००६ मा पबिधान खालिङ राइको संगीतमा आफ्नो पहिलो साँगीतीक कोशेली स्वरुप “ यसोधा ( १“ बजारमा ल्याएकी उनले संगीत साधक स्व. अम्बर गुरुङको हातबाट लोकार्पण गर्दा र अम्बर गुरुगंले संगीतमा निरन्तर लाग्न सुझाव दिंदा आफुमा थप उर्जा मिलेको यसोधा बताउँछिन् ।

सन् २००६ देखिनै अमेरिका बसोबास गर्दै आएकी गायिका यसोधाले अमेरिकामा रहदा पनि गायक जगदिश समाल तथा नरेन्द्र प्यासीबाट थप संगीत सम्बन्धित ज्ञान लिएकी थिईन ।

दोश्रो एल्बम यसोधा २ को अन्तिम तयारीमा जुटेकी यसोधा यसै एल्बममा संग्रहित गीत’मेरो मन’को भिडियोबाट धेरै आशाबादी पनि छिन् ।

प्रतिक्रिया