अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०९ | Colorodo: 07:24

निर्वाचनको बाधक प्रतिपक्ष हो-मन्त्री हितराज पाण्डे

बिआरटीनेपाल २०७३ पुष १३ गते ३:१२ मा प्रकाशित

संघिय मामिला तथा स्थानीय बिकास मन्त्री हित राज पाण्डेले निर्वाचनको बाधक प्रतिपक्ष भएको बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै पाण्डेले तोकिएको समयमा निर्वाचन गर्नु संबिधान कार्यान्वयनको सफल पक्ष भएको भन्दै संसदमा प्रतिपक्षको अवरोधकै कारण निर्वाचन सम्बन्धी बिधेयक टेबुल हुन नसक्दा निर्वाचनको बाधक प्रतिपक्ष देखिएको बताउनु भएको हो ।

उहाँले आयोगले तयार पारेको प्रतिबेदन केही दिनमा राजनीति असहमतीलाई सुल्झाउँदै प्रधानमन्त्रीले बुझ्ने र तत् पश्चात स्थानिय तहको निर्वाचन कसैले चाहेर पनि रोक्न नसक्ने भन्दै उहाँले अब सरकारले स्थानीय निकायको नभएर स्थानीय तहको निर्वार्चन गर्ने बताउनु भयो । उहाँले वर्तमान समयमा सबै अवरोधको गाँठो नै संसद भएको बताउनु भयो ।

संबिधान संशोधन बिधेयक संसदमा दर्ता भईसकेको र अव फिर्ता नहुने भन्दै प्रतिपक्षलाई लोकतान्त्रिक अभ्यासमा आउन आग्रह गर्नु भयो । उहाँले संबिधान संशोधन मधेश, थारु र जनजातीहरुको माग सम्बोधनका साथै संबिधान कार्यान्वयनको सवल पाटो भएकाले प्रतिपक्षले समेत संशोधनलाई अझ रचनात्मक रुपमा अगाडि बढाए संबिधान कार्यान्वयन गरे निर्वाचनको वाताबरण तयार हुने बताउनु भयो ।

संबिधान निर्माणमा जसरी प्रमुख राजनीतिक दलहरु एक भएका थिए वर्तमानमा पनि संबिधानको कार्यान्वयनको पाटोमा एक भएर लाग्नु नै आजको आवश्यकता रहेको उहाँको भनाई छ । उहाँले तत्काल सरकार परिवर्तनभन्दा पनि निर्वाचनबाट अभिमत ल्याएर अग्रसर बन्नु पर्नेमा जोड दिनु भयो ।

आफ्नो मन्त्रालयले बिकासका काममा देखिएको अनियमितता प्रत्यक्ष अनुगमनबाट नियन्त्रण गर्ने भन्दै समयमै बजेटको सदुपयोग गरि फ्रिज हुनबाट रोक्ने र दक्ष प्राबिधिकहरु थप्न थालेको बताउनु भयो । उहाँले बिकासका काममा हुने भ्रष्टाचारको अन्त्य तर्फ सरकारलेठोस नीतिका साथ प्रस्तुत् हुन थालेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू