अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०० | Colorodo: 17:15

संगीत महर्षि नातिकाजीको ९२ औं स्मृति दिवस मनाईयो, कस-कसले पाउँदै छन् नातिकाजी संगीत पुरस्कार ?

बिआरटीनेपाल २०७३ पुष ४ गते ४:३० मा प्रकाशित

सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९२ औं स्मृति दिवस तथा पुरस्कार घोषणा कार्यक्रम आइतबार राजधानीमा सम्पन्न गरिएको छ । वि.सं.  १९८२ साल पुस ३ गते जन्मेका सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९२ औं स्मृति दिवस तथा पुरस्कार घोषणा कार्यक्रम नातिकाजी स्मृति समाजको आयोजनामा सम्पन्न भएको हो ।

स्मृति दिवस तथा पुरस्कार घोषणा कार्यक्रममा बोल्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकूलपति तथा समाजका अध्यक्ष शम्भूजीत बासकोटाले नेपाली सुगम सङ्गीतको आधार स्तम्भका रुपमा सङ्गीत महर्षि नातिकाजीको नाम युगौयुग रहिरहने र नेपाली सुगम सङ्गीतको संरक्षकका रुपमा नातिकाजीले नेपाली माटोको सुवास सहितको सङ्गीत गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली सङ्गीतको महिमा बढाउनुमा अतुलनिय योगदान रहेको बताए ।

unnamed-2
बासकोटाले नेपाली सुगम सङ्गीतको विकास र विस्तारमा नातिकाजीले पुर्याएको योगदानको चर्चा गर्दै सङ्गीतको राष्ट्रिय विभूतिको रुपमा नातिकाजी संधै नेपाली मन मुटुमा रहिरहने बताउँदै नातिकाजीको नाममा सडकका नामाकरण, शालिक निर्माण जस्ता कार्यलाई समाजले अगाडि बढाउने योजना बनाएको जानकारी पनि गराए ।

स्मृति दिवस तथा पुरस्कार घोषणा कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गीतकार किरण खरेलले नातिकाजीको नाममा राष्ट्रिय पुरस्कार दिइनु राष्ट्रकै सम्मान भएको बताए  ।unnamed-1

बरिष्ठ गीतकार किरण खरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बरिष्ठ संगीतकार दीपक जंगम, प्राज्ञ उन्नति बोहरा शीला, हिरण्य भोजपुरे, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञाप्रतिष्ठानका कुलपति भक्तबहादुर श्रेष्ठ (सरुभक्त), बरिष्ठ गीतकार विश्वम्भर प्याकुरेल, बरिष्ठ गीतकार विश्व वल्लभ, बरिष्ठ गीतकार राजेन्द्र थापा, म्युजिक नेपालका प्रमुख सन्तोष शर्मा, नरेन्द्र खडका, उमेश पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

घोषणा भएको नातिकाजी सम्मान तथा पुरस्कारको यस प्रकार छ

१. नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान
भजन शिरोमणि भक्तराज आचार्य

२. नातिकाजी राष्ट्रिय बिशेष सङ्गीत सम्मान
बरिष्ठ गायक तथा सङ्गीतकार कल्याण रिमाल, बरिष्ठ गायिका उर्मिला श्रेष्ठ, बरिष्ठ गायक दीपक खरेल, बरिष्ठ सीतारवादक डा.ध्रुवेशचन्द्र रेग्मी, बरिष्ठ गायक आनन्द कार्की

३. नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार
शब्द रचनाः बरिष्ठ गीतकार रमण घिमिरे
सङ्गीतः बरिष्ठ सङ्गीतकार टीका भण्डारी
गायनः बरिष्ठ गायिका देविका बन्दना र गायक रामकृष्ण ढकाल

४. नातिकाजी राष्ट्रिय सङ्गीत संयोजन पुरस्कार
बरिष्ठ सङ्गीत संयोजक अमुल कार्की ढली

५. नातिकाजी राष्ट्रिय सङ्गीत प्रतिभा पुरस्कार
बरिष्ठ सङ्गीतकार आलोकश्री

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू