अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३७ | Colorodo: 13:52

अमेरिकन पत्रिका ‘ड्रंकन बोट’ नेपाल बिषेश, एकसाथ ३५ नेपाली कवि कलाकारका सृजना

बिआरटीनेपाल २०७३ पुष ३ गते २१:४९ मा प्रकाशित

अमेरिकाको सबैभन्दा जेठो अनलाइन अङ्ग्रेजी पत्रिका ‘ड्रंकन बोट’ले आफ्नो २४ औं अंकलाई नेपाल विशेष अंक बनाएर प्रकाशन गरेको छ । नेपाल र हिमाली कलालाई समेटिएको ड्रंकन बोट’को २४ औं अंकमा प्रकाशित नेपाली कवि तथा कलाकारहरुका सृजनालाई कवि तथा अनुवादक युयुत्सु आरडी शर्माले अनुवाद गरेका हुन् ।

यस अङ्कमा पैँतिस कवि र कलाकारलाई समेटिएको छ । जसमा पुरानो पुस्ताका गोपालप्रसाद रिमाल, कृष्णभक्त श्रेष्ठ, भूपी शेरचन, विमल निभा, शैलेन्द्र साकार, पूर्ण विराम, श्यामल, हरि अधिकारी लगायत कविहरुका कविता रहेका छन् भने नयाँ पुस्ताका बुद्धिसागर, अभय श्रेष्ठ, पदम गौतम, केशव सिलवाल, प्रमोद स्नेही, अरुण बुढाथोकीका रचना प्रकाशित छन् ।

त्यस्तै शशी शाह, हरि खड्का, रागिनी उपाध्याय, किरण मानन्धर, नरेश सैंजु आदि कलाकारका कलाकृति पनि यो अंकमा समावेश छन् ।

अनुवादक शर्माले परिचयस्वरुप नेपाली राजनीति र कविताको इतिहास तथा यसको वर्तमान परिदृश्यबारे विस्तृत चर्चा गर्र्दै कविहरुले राजनीतिक परिवर्तनमा दिएको योगदान उल्लेख गरेका छन् भने शर्माका अनुसार ड्रंकन बोट’ले नेपाली महिला कविहरुको विशेष खण्ड पनि प्रकाशन गर्ने योजना बनाएको छ ।

‘ड्रंकन बोट’का सम्पादक एरिका मेनाका अनुसार एकै ठाउँमा यति उत्कृष्ट रचना भएको सो अङ्क आफूले सम्पादन गरेका पत्रिका मध्यको विशिष्ट अङ्क हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू