अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५४ | Colorodo: 15:09

विश्व शान्ति दुतमा अस्ट्रेलियाका भिमसेन सापकोटा

बिआरटीनेपाल २०७३ पुष २ गते ०:१३ मा प्रकाशित

अस्ट्रेलिया निवासी पत्रकार भिमसेन सापकोटा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था विश्व शान्ति परिषदको शान्तिदुत नियुक्त भएका छन् । योगा तथा ध्यान लगायतका कार्यक्रमहरूमा सक्रियताका साथ लागेका उनलाई केही दिन अघि चेक रिपब्लिकको प्रागमा सम्पन्न विश्व शान्ति परिषदको सम्मेलनमा परिषदले दुत नियुक्त गरेको हो ।

उनले अस्ट्रेलियामा विभिन्न आध्यत्मिक तथा धार्मिक जागरणका कार्यहरू समेत गर्दै आएका छन् । विशेषत: योगालाई प्राथमिकता दिएर विभिन्न ध्यान शिविरहरु सञ्चालन गर्दै आएका उनलाई परिषदले वक्ताका रूपमा प्राग बोलाएको थियो । सोही अवसरमा अस्ट्रेलिया, न्युजिल्याण्ड लगायतका देशहरू समेटिएको ओसिनिया क्षेत्रको प्रतिनिधित्व गर्ने गरि शान्तिदुत नियुक्त गरिएको सापकोटाले जानकारी दिएका छन ।

शान्ति कायम गर्नका लागि राष्ट्रसंघले चालेका कदमहरुलाई सहयोग गर्ने सापकोटाले जानकारी दिएका छन् । नेपालको सिन्धुपाल्चोकमा जन्मिएका सापकोटा १० वर्ष अघि अस्ट्रेलिया आएका थिए भने हाल उनी प्राध्यापनका साथै पत्रकारिता समेत गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू