अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:११ | Colorodo: 22:26

प्लास्टिक एनिमिया पिडित सुजातालाई बचाउन प्रमोद खरेल, मनोज गजुरेल र नेता विश्वप्रकाश जुटे

बिआरटीनेपाल २०७३ मंसिर २४ गते ५:२२ मा प्रकाशित

गायक प्रमोद खरेलको पहलमा असारमा दोलखाको सुन्दरावतीमा रहेको सरस्वीत प्राथमिक विद्यालयको पुनःनिर्माण भयो । त्यसपछि असोजमा प्रमोदले म्यागासासे पुरस्कार विजेता महावीर पुनको आविष्कार केन्द्र निर्माण अभियानका लागि क्यानडामा कन्सर्ट गरेर एक लाख २१ हजार रुपैयाँ जुटाए ।

पछिल्लो समय सामाजिक कार्य सक्रिय देखिएका गायक खरेल यतिवेला प्लास्टिक एनिमियाबाट पिडित बनेकी झापा पृथ्वीनगरकी सुजाता सुवेदीको जीवन रक्षाका लागि सहयोग जुटाउने अभियानमा जुटेका छन् । उनीसँगै हास्यकलाकार मनोज गजुरेल र नेपाली कांग्रेस युवा नेता विश्वप्रकाश शर्मा पनि सहयोग जुटाउन व्यस्त छन् ।unnamed-5

२२ वर्षिया सुजाता सुवेदी यतिबेला काठमाडौं, बानेश्वरको सिभिल अस्पतालको शैयामा छट्पटाइरहेको र उनलाई सक्दो सहयोग गर्न उनीहरुले आफ्ना फ्यानलाई सामाजिक संजाल फेसबुकमार्फत पनि आग्रह गरिरहेका छन् ।

‘बानेश्वरको गेष्ट हाउसमा बसेर सुजाताको उपचार गराइरहेका छौं, हप्तामा दुई–तीनपल्ट रगत दिइरहनुपर्छ उसलाई,’ सुजाताका बुबा राजकुमार सुवेदीले भावुक हुँदै भने, ‘चिकित्सकको भनाई अनुसार २५ लाख रुपैयाँजति खर्च हुने देखिन्छ । गरिब मान्छे त्यत्रो पैसा कहाँबाट ल्याउँने । कलाकारहरुको अभियानले आशा देखाएको छ ।’

सुजातालाई सहयोग गर्न चाहनेले उनको बुबा राजकुमार सुवेदीको नाममा रहेको एनआइसी बैंकको खाता नम्बर :४९५४४९२३३७५२४००१सहयोग गर्न सक्नुहुने गायक खरेलले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू