अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

मृगौला पीडित रुपा तामाङको सहयोगार्थ हङकङमा आयोजित ‘गोधुली साँझ’ भब्य

बिआरटीनेपाल २०७३ मंसिर २३ गते २३:४८ मा प्रकाशित

मृगौला पीडित रुपा तामाङको सयोगार्थ हङ्कङमा आयोजित सांगितीक साँझ सम्पन्न भएको छ । ‘गोधुली साँझ’ नामक उक्त सांगितीक साँझ हङ्कङ स्थीत याउमा तेई कम्युनिटी हलमा सम्पन्न भएको हो ।

खुसी गुरुङ, डम्बर गुरुङ र प्रताप थापा मगरको संयोजनमा आयोजना भएको ‘गोधुली साँझ’मा विभिन्न विधाका कलाकारहरूले भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा आधुनिक गायक युवराज चौलागाई, गायिका रुपा गुरुङ्, लोक गायक बिमल परियार, लोक गायिका भूमिका गिरी, समावेशी गायक तिलक सोमाई मगर, प्रतिभाको आँगन विजेता रीना थापा मगरसँगै लगायतको प्रस्तुति रहेको थियो भने स्थानीय गायक चेतमान गुरुङ्को समेत प्रस्तुति समेटेर कार्यक्रमलाई थप आकर्षक बनाईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू