अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१ | Colorodo: 02:56

जापानमा तीन नेपाली : जसले भाषाबाटै नेपाल चिनाए(भिडियाे)

बिआरटीनेपाल २०७३ मंसिर २१ गते ११:५१ मा प्रकाशित

गत शनिवार जापान राष्ट्रव्यापी जापानी भाषा वक्तित्वकला प्रतियोगितामा हजार बढी प्रतियोगिलाई पछि पार्दै विजयी भएपछि सरदचन्द्र राईले नयाँ रेकर्ड राखे।

जापानमा विद्यार्थीका रूपमा आएर जापानी भाषामा भएको वक्तित्वकला प्रतियोगितामा हजार बढी जापानीहरु समेत सहभागिहरुलाई उछिन्दै सरदले उपाधि मात्र होइन नगद ११ लाख समेत जिते। सँगै नेपाल र नेपालीको अवस्था र सगरमाथाको देश भनेर चिनाए।

सरदको जस्तै यस्तै रेकर्ड यस अघि नै दुई नेपालीले फरक रूपमा राखेका थिए। जसमध्ये एक थिए अनुज थापा र जिज्ञानकुमार थापा। अनुजले सन २००७मा भएको जापान राष्ट्रव्यापी भाषा वक्तित्वकला प्रतियोगितामा परराष्ट्रमन्त्री अवार्ड जितेका थिए। भने सन २०११मा जिज्ञानकुमार थापाले समेत परराष्ट्र मन्त्रालय अन्तरगत दूतावासका भाषा अनुवादकहरुवीचको प्रतिस्पर्धामा उत्कृष्ट ठहरिएका थिए।

सन २००६मा जापान प्रवेश गरेका अनुजले नौ महिना पछि भएको जापानव्यापी प्रतिस्पर्धामा अन्तिम चुनिएका १८ जनालाई उछिन्दै ‘गाईमु दाईजिङ स्यो’ उपाधि हात पारेका थिए। हाल गैर आवासीय नेपाली सङ्घ एनआरएनए जापानका महासचिव तथा जापानका लागि नेपाली पर्यटन दूत समेत रहेका अनुजले त्यो बेला नगद पुरस्कार त पाएनन तर नेपालमा शिक्षा क्षेत्रमा योगदान पुरयाउने विषयमा जापानीहरुलाई ‘मेरो सपना’ सुनाएका थिए।

अनुज प्रत्येक वर्ष जापानी राजदूतावासको सहयोगमा जाल्टनले नेपालमा आयोजना गरिने जापनिज भाषा वक्तित्वकला प्रतियोगिताको २००५ को च्याम्पियन पनि थिए ।त्यस्तै जापानको कला र सस्कृतिका बारेमा जापानी टेलिभिजन एनएचकेले आयोजना गरेको प्रतिस्पर्धामा जिज्ञानकुमार थापाले जापानमा दूतावास रहेका विश्वभरिका अफिसियल भाषा अनुवादकहरु मध्ये उत्कृष्ट ठहरिएका थिए। जिज्ञानकुमार थापा हाल खानागावा राज्यको सल्लाहकार रहेका छन् भने एनआरएनए जापानका पूर्व महासचिव हुन।

यसैसाता विजयी भएका सरदको नयाँ उपाधिले उनले सुरु गरेको युमी नेपाल नामक विद्यालय निमार्ण गर्ने कार्यक्रममा धेरैले चासो समेत देखाएकोमा खुसी छन्। उनले नेपालमा मेरो सपना विषयमा आठ मिनेट बोलेका थिए।
सरद जापानको प्रसिद्ध सफ्टबैकमा विजनेश डेभलपमेन्ट विभागमा कार्यरत छन् भने नेपालमा विद्यालय निमार्ण गर्ने परियोजना युमि नेपालका संस्थापक मध्येका एक हुन।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू