अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४५ | Colorodo: 10:00

तामाङ सोसाईटि अफ ग्रेटर वाशिंगटनमा उत्तर लामा सर्बसम्मतिबाट सभापतिमा चयन

बिआरटीनेपाल २०७३ मंसिर २० गते २१:२५ मा प्रकाशित

तामाङ सोसाईटि अफ ग्रेटर वाशिंगटनमा उत्तर लामा सर्बसम्मतिबाट सभापति पदमा चयन भएका छन् । गत डिसेम्बर ५ तारिखमा बसेको वार्षिक साधारण सभाले अध्यक्ष पदमा निर्बिरोध चुनेको छ ।
र ,अन्य पदहरु पनि सर्ब सम्मतीबाट चयन भएको छ । वार्षिक साधारण सभा तथा संस्थाका निर्वाचन अधिकृत नेत्र घिसिङले उपस्थित साधारण सदस्य तथा आमन्त्रीत अतिथिहरुका समुपस्थितीमा नयाँ समितिको चुनाव परिणाम तथा पदाधिकारीहरूको बारेमा जानकारी दिए l tamang2

अन्य पद पुर्ती भएता पनि जन सम्पर्क अधिकारी रिक्त रहेको बताए । उक्त सभामा भर्खर अवधि समाप्त भएको समितिले बुझाउनु पर्ने सामग्री समेत बुझाएको छ l नव निर्वाचित सभापति उत्तर लामाले संस्थालाई अझ माथि लाने प्रतिबद्धता जाहेर गरेका छन् भने समिति हाम्रो मात्र नभएकोले सबैको साथ चाहिने बताए । र ,सबै एक जुट हुनु पर्ने कुरामा जोड दिँदै आफूले जानेका अनुभव हामीलाई हिस्सा गर्न आग्र्ह गरे l

नयाँ कार्यकारी समितिमा चयन हुनेहरूमा अध्यक्ष पदमा उत्तर लामा ,उपाध्यक्षमा फाैद सिंह लामा तथा सचिवमा सन्दीप मान लामा रहेका छन् । यसै गरी सह-सचिवमा अामोद घिसिङ तथा कोषाध्यक्षमा नैनीदेबी तामाग सर्बसम्मतीबाट चयन भएका छन् । tamang4

यसै गरी सदस्यहरूमा दाबा लामा ,भीम तामाङ ,प्रबिन मोक्तन ,गीता तामाङ ,रीतु तामाग तथा किरन लामा निर्वाचित भएका छन् l प्रबिधिक अधिकृतमा देव कुमार लामा निर्वाचित भएका छन् ।
सस्थापक अध्यक्ष डा श्याम लामाले नयाँ कार्य समितिलाई शुभकामना दिएका थिए । निवर्तमान अध्यक्ष अनन्दु लामा लामो समयको लागी नेपाल फर्केको जानकारी गराउदै सस्थाको बैक खातामा रहेको रकम $ ८ हजार ५ सय २३ डलर नयाँ कार्यकारी समितिलाई हस्तान्तरण गरेको छ l tamang3

tamang

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू