अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४३ | Colorodo: 15:58

सुनिलसिंह  र शैलजाको ‘विहानी’ बजारमा 

बिआरटीनेपाल २०७३ मंसिर १६ गते ९:४७ मा प्रकाशित
गायक सुनिलसिंह ठकुरी र शैलजा श्रेष्ठले ‘विहानी’ एल्बम बजारमा ल्याएका छन् । आज राजधानीको विश्वज्योती मलमा एक कार्यक्रमका वीच एल्बमको विमोचन गरिएको थियो ।
विमोचनका क्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा नेपाल राष्ट्र बैकका निर्देशक भिष्म उप्रेतिले एल्बम विमोचन गर्दै सफलताको शुभकामना व्यक्त गरे ।
सो क्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियाले यो एल्बम नेपाली साँगितिक आकाशमा नयाँ विहानी बनेर आउने विश्वास व्यक्त गरे । गायक ठकुरीले एल्बम बारे जानकारी दिंदै श्रोताको रुचि अनुसार नयाँ विहानी आएको भन्दै एल्बमको नाम नै विहानी राखेको प्रतिक्रिया दिए ।unnamed-2
एनले शैलजा श्रेष्ठको सहयोगले एल्बम यती छिटो ल्याउन सकेकोमा खुसी लागेको प्रतिक्रिया दिए । ‘घटना घट्यो’ जस्तो चर्चित गीतबाट नेपाली साँगितीक फाँटमा आफ्नो भिन्दै पहिचान बनाउन सफल गायक ठकुरीले यस एल्बमले श्रोता र दर्शकको मन जित्ने दावी गरेका छन् ।
आज सार्वजनिक भएको  ‘विहानी को’ गीतलाई मोडल शैलजा श्रेष्ठले लेखेकी हुन् । यसमा उनी आफैंले अभियान समेत गरेकी छिन् । एल्बम भित्र ६ वटा गीत समावेश गरिएको ।
सोही क्रममा युटुव मार्फत म्युजिक भिडियोको समेत विमोचन गरिएको थियो । यसैगीतको म्युजिक भिडियो मार्फत नेपाली सांगितिक आकासमा अभिनयको शुरुआत गरेकी शैलजाले आफुलाई दर्शकले मनपराउने आशा व्यक्तगरिन् । शैलजासँगै जिवन भट्टराईको अभिनय छ ।
विहानीको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने सम्पादन निशान घिमिरेको छ । गायक सुनिल सिंहकै संगित रहेको यस भिडियोलाई उत्सव दाहालले छाँयांकन गरेका हुन् ।
https://www.youtube.com/watch?v=cGHRceREnc0
प्रतिक्रिया