अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१७ | Colorodo: 23:32

भारतमा रहेको सस्था एभरेष्ट च्याम्बरमा नयाँ नेतृत्व

बिआरटीनेपाल २०७३ मंसिर १२ गते २३:०७ मा प्रकाशित

भारतमा रहेको सस्था एभरेष्ट च्याम्बरमा अफ कमर्समा नयाँ नेतृत्वको चयन भएको छ । नोबेम्बर 26 का दिन उक्त च्याम्बरमा चुनावी प्रतिस्पर्दा देखिन्थ्यो । अध्यक्ष्य पदको लागि युवराज बराल र देवेन्द्र कुवर उठेका थिए भने बराल तर्फ ८३ मत(विजय भएका छन् ) र कुवर तर्फ ६२ मत खसी पराजय भएका थिए ।

उपाध्यक्ष तर्फ टिकाराम कंडेल र राम नेपालले क्रमशः ८० र ९० मत खसेको हुनाले विजय भएका थिए भने उनीहरूका प्रतिस्पर्धि बिराज शर्माको ६४ मत् खसी पराजय भएका थिए । महासचिवमा मोहन कार्की तर्फ ९४ (विजय भएका थिए )मत खसेको थियो भने उनका प्रतिस्पर्धी समिर प्रधानको ४१(पराजय ) मत खसेको थियो । सचिव तर्फ घनश्याम शर्मा तर्फ ७२ (विजय )मत खसेको थियो भने उनका प्रतिसप्रधी गोविन्द पोख्रेल (पराजय)को ५५ मत खसेको थियो ।

कोषाध्यक्ष तर्फ बिन बहादुर केसी भने निर्बिरोध चयन भएका हुन् । सदस्यहरूमा कृष्ण शर्मा(कृष्ण डिजीटल स्टुडियो) आचार्य १०५ (अत्याधिक मत विजय ),गुनानिधि गैरे (१०० मत विजय),ओम प्रकाश मरासिनी (९५ मत विजय ),जमुना कपुर (८६ मत विजय ),रतन मल्ल (८३ मत विजय),पिताम्बर खत्री (८१ मत पराजय ),राम थापा (७१ पराजय )भएका थिए । निर्वाचन अधिकृत भने लोकनाथ भण्डारी ,ठाकुर खनाल ,पूजा शाह र लक्ष्मी बराल रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू