अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

कलेजमा ‘मधुमालतीको कथा’ र ‘छिमेकी’ प्रदर्शन

बिआरटीनेपाल २०७३ मंसिर ८ गते ६:४२ मा प्रकाशित

कक्षा ११ र १२को नेपाली पाठ्यक्रममा समाविष्ट रहेका ‘मधुमालतीको’ कथा र ‘छिमेकी’ राजधानीका विभिन्न कलेजहरुमा प्रदर्शन भइरको छ । वरिष्ट साहित्यकार रमेश विकलद्वारा लिखित ‘मधुमालतीको कथा’मा बालकहरु जन्मँदा निष्कलङ्क र पवित्र हुन्छन्, तिनको आफ्नै रमाइलो संसार हुन्छ, तिनीहरु जब हुर्कन्छन अनि समाजमा विद्यमान वर्गीय र साँस्कृतिक विभेदका कारण तिनको मानसिकतामा भेदभावनको बीज रोपिन्छ भन्ने बाल मनोविज्ञानमा आधारित रहेको छ ।

शुभाष गजुरेलले निर्देशन गरेको मधुमालतीको कथामा मदन दास श्रेष्ठ, सविता गुरुङ, विष्णु भक्त फुयाल, मञ्जु श्रेष्ठ, जिके शर्मा, धुर्व राई, भरत सिटौला, योगरतन ब्रजचार्य, सन्तोष पोखरेल, आयुषा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ । लघु चलचित्र मधुमालीतको कथामा देशभक्त खनालको पटकथा, श्याम रायमाझी, विदेरन्द्रभाट ‘विपिन’को छायाङ्कन, विरेन्द्रकै सम्पादन रहेको छ ।unnamed-2

त्यस्तै छिमेकी वरिष्ठ लेखक गुरुप्रसाद मैनालीको कथामा आधारित लघुचलचित्र हो । छिमेकीमा कहिलेकाहीँ सम्बन्ध चिसिए पनि मर्दा पर्दा वा अप्ठ्यारो अवस्थाका पहिलो सहयोगी छिमेकी नै हुन्छन् भन्ने देखाउँन खोजिएको छ । छिमेकीसँगको आत्मीय सम्बन्धलाई लघु चलचित्र छिमेकीले प्रष्ट पारेको छ । शुभाष कै निर्देशनमा रहेको छिमेकीमा श्याम राई, बालदीप राई, मुकुन्द किशोर भट्टराई, डोल्मा शेर्पा, कंचन मगर, उत्तम केसी, पदमप्रसाद पौडेल, बद्री पुडासैनी, धर्मराज पोखरेल, विश्वराम विष्ट, अनु कार्की, अर्जुन कृष्ण रञ्जितकार, पुजा लामा, प्रताम मल्ललगायतका कलाकारको अभिनय रहेको छ । छिमेकीलाई सुमन तण्डुकारले छायाँकन गरेका हुन भने विरेन्द्र भाटले सम्पादन गरेका छन् । यसको पटकथा कृष्ण ढुंगानाले तयार पारेका हुन् ।

पाठ्यक्रममा भएका कथालाई दृश्यका माध्यमबाट देखाउँदा विद्यार्थीहरुमा त्यस कथालाई बुझ्न अझ बढि सजिलो हुने भएकाले हामीले राजधानीका कलेजहरुमा गएर यो देखाइरहेका छौ निर्देशक शुभाष गजुरेलले भने । यि कथाहरु सन्देश मुलक का साथै विद्यार्थीहरुलाई उपयोगी रहेको उनले बताए ।

प्रतिक्रिया