अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

‘महिला प्रतिभा सम्मान’ कलाकार लक्ष्मी गिरीलाई

बिआरटीनेपाल २०७३ मंसिर ६ गते २३:४४ मा प्रकाशित

शब्दयात्रा प्रकाशनले आगामी मङ्सिर १४ गते काभ्रे जिल्लाको बनेपामा आयोजना गर्ने सम्मान समर्पण समारोहमा नेपाली चलचित्रहरूमा चरित्र अभिनेत्रीका रूपमा सशक्त अभिनय गर्ने महिला प्रतिभा लक्ष्मी गिरीलाई सम्मान गर्ने भएको छ ।  राष्ट्रिय स्तरमा योगदान गर्ने महिला प्रतिभालाई सम्मान गर्ने गरी ‘महिला प्रतिभा सम्मान’ को स्थापना गरिएकाले अभिनय क्षेत्रमा सक्रिय लक्ष्मी गिरीलाई सम्मान गर्न लागिएको हो ।

सम्मान गर्दा उपहार, किरीट र अभिवन्दनापत्रका साथमा ५ हजार रुपियाँ समर्पण गर्ने गरिन्छ ।  हरेक वर्ष समर्पण गरिने यस सम्मानको आर्थिक व्यवस्थापन आफ्नी धर्मपत्नी स्वर्गीय मनका श्रेष्ठको स्मृतिमा लेखक द्रोणप्रसाद श्रेष्ठले गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू