अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४३ | Colorodo: 18:58

सञ्जय तुम्रोकको “झ्याम झ्याम”मा ब्राजिलियन मोडल सोफि कोर्रिया (भिडियो सहित)

बिआरटीनेपाल २०७३ कार्तिक २९ गते ९:४५ मा प्रकाशित

गायक सञ्जय तुम्रोकको स्वरमा रहेको “झ्याम झ्याम” बोलको गित तथा भिडियो सार्वजनिक भएको छ ।उमाकन्त गुरुङको शब्द र चोक गुरुङको संगीत रहेको “झ्याम झ्याम”लाई भाईब्स क्रियसनले बजारमा ल्याएको हो ।

टिपिकल पुर्बेली लोक धुनलाई सुगम संङीतको स्वादमा रुपान्तरण गरिएको गीतमाथी बनेको म्युजिक भिडियोमा नेपालमै पहिलो पटक ब्राजिलीयन मोडल सोफि कोर्रियालाई अभिनय गराईएको छ । नेपाली गीतमा पहिलो पटक हलिउड नायिकालाई लिएर म्युजिक भिडियो निर्माण गर्ने जस पाएका निर्देशक पासाङ योन्जन लामा हुन ।unnamed

भिडियोमा चटपटे मोडल किरण लाकौलले ब्राजिलियन मोडलसंग रोमान्स गरेका छनभने ब्राजिलियन मोडल सोफि कोर्रियाको नेपाली मोडलिङ पनि आम नेपाली मोडलले गरिरहेको मोडलिङ भन्दा कम छैन । भिडियोमा अर्का मोडल विज्ञान उदास सपोर्टिङ भुमिकामा देखिएका छन ।

म्युजिक भिडियोलाई सोनम वाङ्दी भुटियले निर्माण गरेका हुन् भने ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोलाई प्रबिन श्रेष्ठले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया