अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१८ | Colorodo: 14:33

डा. त्रिरत्न, डा.गार्गी, खकुरेल र वनवासी एक साथ सम्मानित हुँदै

बिआरटीनेपाल २०७३ कार्तिक २९ गते ६:११ मा प्रकाशित

शब्दयात्रा प्रकाशनले लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरलाई शब्दयात्रा अनुसन्धान सम्मानबाट र आधुनिक आशुकवि रमेश खकुरेललाई शब्दयात्रा कविता–काव्य सम्मानबाट सम्मानित गर्ने भएको छ । यसै गरी शब्दयात्रा समालोचना सम्मानबाट समालोचक डा. गार्गी शर्मालाई र शब्दयात्रा बालसाहित्य सम्मानबाट बालसाहित्यकार देवीप्रसाद वनवासीलाई सम्मान गरिने भएको छ । आगामी मङ्सिर १४ गते काभ्रेको बनेपामा आयोजना गरिने विशेष समारोहमा उहाँहरूलाई सम्मान गरिने भएको हो ।

काठमाडौँ विश्वविद्यालयसँग आबद्ध डा. पुरुषोत्तम खरेल, डा. सरस्वती आचार्य, सुरेन्द्र के. सी. र शिवनाथ मैनाली रहेको सम्मानित व्यक्तित्व चयन समितिको बैठकले सिफारिस गरेबमोजिम शब्दयात्रा प्रकाशनले उहाँहरूलाई सम्मान गर्ने भएको हो । त्यसअघि सम्मानका लागि नाम सिफारिस गर्न शब्दयात्रा प्रकाशनका सञ्चार–माध्यम पत्रिका र रेडियो कार्यक्रमबाट सार्वजनिक आह्वान गरिएको थियो ।

शब्दयात्रा प्रकाशनले सम्मान गर्ने १६ विधाका सम्मानमध्ये हरेक वर्षको मङ्सिर महिनामा अनुसन्धान, कविता–काव्य, समालोचना र बालसाहित्य विधामा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई उपहार, किरीट, अभिवन्दनापत्र र ५ हजार रुपियाँ सहित सम्मान गर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू