अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 06:24

अनेसासको च्याप्टरको अधिवेशन तथा लक्ष्मी जयन्ती समारोह लस एन्जलसमा सम्पन्न

बिआरटीनेपाल २०७३ कार्तिक २२ गते १७:४३ मा प्रकाशित

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) लस एन्जलस च्यापटरको हिजो भएको अधिवेशनले डन कार्कीलाई अध्यक्षमा चयन गराएको छ ।

१०८ औं लक्ष्मी जयन्ती र अधिवेशन एकै समयमा सम्पन्न गरिएको उक्त कार्यक्रम को सभापतित्व च्यापटरका निवर्तमान अध्यक्ष तथा अनेसास केन्द्रीय समितिका नव निर्वाचित कोषाध्यक्ष शान्तिराम ढकालले गरेका थिए भने प्रमुख आतिथ्यता सन्डियागोका अबैतानिक वाणिज्य दुत ऋषि ढकालले गरेका थिए ।

समितिका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष तिलक कार्की, उपाध्यक्ष सुशिला पाण्डे, महासचिव प्रकाश चन्द्र घिमिरे, सचिव राम लामा, कोषाध्यक्ष रामबाबु पाण्डे र सदस्यहरूमा उपेन्द्र न्यौपाने, मोतिसरा विष्ट रहेका छन् । कारण बस उपस्थित हुन नसकेका तर बोर्डमा राख्न पर्ने साहित्यकारहरुको सहमति लिएर पछि नाम थपिने कुरा संस्थाका बारीष्ट उपाध्यक्ष तिलक कार्कीले जानकारी दिए ।

कृष्ण कोइराला, नेत्र मैनाली, विष्णु पौडेल र इन्दिरा त्रिपाठी आदिलाई सल्लाहकारमा नियुक्त गरी सकिएको र समाजका अन्य प्रतिष्ठित व्यक्तिहरूको नाम पछि उहाहरुको सहमति लिएर समावेश गरिने ब्यहोरा नबनिर्बाचित अध्यक्ष डन कार्कीले बताए ।

लस एन्जलस वरी परी बस्ने कबिहरुले आ-आफ्नो रचना वाचन गरेर साहित्यप्रेमीहरुको बाक्लो सहभागिता रहेको उक्त समारोहको माहोललाई पूर्ण साहित्यिक बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू