अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२५ | Colorodo: 14:40

अष्ट्रेलियामा रेकर्ड गरीएको आशिष श्रेष्ठको ‘ज्यान हाजिर छ’ बजारमा (भिडियो)

बिआरटीनेपाल २०७३ कार्तिक २० गते २:२४ मा प्रकाशित
अष्ट्रेलिया रहेर नेपाली गीत संगीतलाई माया गर्ने गायक आशिष श्रेष्ठको आवाजमा ‘ज्यान हाजिर छ’ बोलको गीत तथा भिडियो बजारमा आएको छ । सार्वजनिक गरेको छोटो समयमा निकै राम्रो दर्शकश्रोताको साथ पाएको यस गीतमा डा. कृष्णहरि बरालको उत्कृष्ट शब्द तथा हरि लम्सालको अब्बल संगीत रहेको छ । आयान म्युजिकको प्रस्तुतीकरण रहेको गीत अष्ट्रेलियामै रेकर्ड गरीएको हो।
unnamed-4
 म्युजिक भिडियोलाई अहिलेका व्यस्त तथा चर्चित निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन्  भने भिडियोमा  नायीका वर्षा सिवाकोटी र जीवनको जीवन्त अभिनयलाई देख्न सकिन्छ । भिडियोमा सम्पादन निशान घिमिरेको रहेको छ भने छायांकन अर्जुन तिवारी तथा सगुन लामाले गरेका छन् । त्यस्तै कोरियोग्राफीमा भने राजीव समर रहेका छन् ।
https://www.youtube.com/watch?v=CbpV7oRe0rs
प्रतिक्रिया