अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५७ | Colorodo: 12:12

जापानमा पत्रकार न्यौपाने उपचारार्थ च्यारिटी डिनर आयोजना हुने

बिआरटीनेपाल २०७३ कार्तिक १९ गते २३:०२ मा प्रकाशित

कान्तिपुर दैनिकका पूर्व आर्थिक ब्युरो चिफ तथा कारोबार दैनिकका पूर्व सम्पादक सञ्जय न्यौपानेको उपचारका लागि आर्थिक सहयोग जुटाउने उदेश्यले एभरेष्ट फुजी न्युज डट्कम जापानकाे आयाेजनामा च्यारिटी डिनर कार्यक्रमको आयोजना गर्ने भएका छन्।

आगामी आइतबार टोकियो सिनोओकुवो स्थित सोलमारी मुरा हलमा अपरान्ह ६:३० बजेबाट डिनर कार्यक्रमको आयोजना गर्न लागिएको आयाेजक एभरेष्ट फुजी न्युज डट्कम तथा कार्यक्रम संयोजक प्रेमिला गौचनले जानकारी दिनुभयो। आर्थिक पत्रकारितामा दक्ष पत्रकार न्यौपानेको उपचारका लागि सहयोग रकम जुटाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको पत्रकार गौचनले जानकारी दिनुभयो।

नोवेम्वर ६ तारिक आइतबार साझ साँढे छ बजेबाट कार्यक्रममा सहभागी भई सहयोग जुटाउने अवसरमा भाग लिईदिनुहुन जापानवासी नेपाली तथा सम्पूर्ण संघसस्थाहरुमा पत्रकार गौचनले आग्रह गर्नुभएको छ।पत्रकारकाे समस्या पत्रकारले मात्रै बुझेकाे हुन्छ ।परिवर्तन र बिकासकालागि दिनरात खट्ने पत्रकार न्याैपाने लाई जीबनदान दिनु हाम्राे दायित्व हाे उहाँले समायाेजन खबर सँग बताउनु भयाे ।

मस्तिष्कमा समस्या देखिएपछि भारतको मेदान्त अस्पतालमा पुरयाइएका पत्रकार न्यौपाउनेलाई थप उपचार तथा शल्यक्रियाका लागि काठमाडौँ ल्याइएको छ। उनको मस्तिष्कको गत बुधवार शल्यक्रिया गरिएको थियो। उनको उपचारमा ६० लाख भन्दा वढीखर्च हुने बताइएको छ। हाल प्रवासका विभिन्न देशमा रहेका नेपालीहरूले समेत न्यौपानेको उपचारमा सहयोग जुटाउने अभियान सञ्चालन गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू