अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५९ | Colorodo: 08:14

सिआईबीको अर्को कडा अप्रेसन,दाउद इब्राहिमका सहयोगी प्रक्राउ

बिआरटीनेपाल २०७३ कार्तिक १८ गते २३:४२ मा प्रकाशित

काठमाडौँ– कलवाइपासको अभियोगमा प्रक्राउ परेका रबिराज सिंहले श्रीलंकाली गिरोहको सहयोगमा अवैध कलबाईपास सञ्चालन गरेको पुष्टि छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पहिलो पटक ल्याण्डलाइन फोनको प्रयोग गर्दै अवैध कलबाइपास गरेको आरोपमा सिंहलाई तिहारअघि पक्राउ गरेको थियो । सिंहले जेलबाट छुटेलगत्तै कलवाइपासको धन्दा सुरु गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनले नुवाकोटका कान्छा गुरुङको नाममा कारोबार गरेको प्रहरीको दाबी छ ।

सिंहले अनलाइन बिजनेस गर्ने भन्दै गत साउनमा कम्पनी रजिष्ट्रारको कार्यालयमा गुरुङको नाममा कम्पनी दर्ता गरेको प्रहरीको भनाई छ । सिंहले गुरुङकै नाममा घरबहाल सम्झौता गर्दै पानीपोखरीमा कोठा भाडामा लिएर राखेको ब्युरोले जनाएको छ ।
उनले आफूले प्रयोग गर्ने मोबाइलको सिमकार्ड समेत गुरुङको नाममा लिएको खुलेको छ ।

काठमाडौँ प्रहरीले सिंहलाई २०७० मा काठमाण्डौबाट प्रक्राउ गरेको थियो । एक करोड नक्कली भारु सहित पाकिस्तानी नागरिक शेष मोहम्मद र उनका नेपाली सहयोगी नरुल्लाह पक्राउ परेपछि उनीहरूकै बयानको आधारमा सिंहलाई काठमाडौँ प्रहरीले प्रक्राउ गरेको थियो । नरुल्लाहकै बयानको आधारमा रविराज सिंह र अनुराज प्रधानलाई प्रहरीले प्रक्राउ गरेको थियो । सुनिल रायमाझिलाई भने अदालतले निर्दोष भन्दै सफाई दिएको थियो ।

सिआईबीको वक्तव्य
नेपाल टिलिकमको Optical Fiber जडित E1 PRI प्रविधिलाई दुरुपयोग गरी अन्तर्राष्ट्रिय गिरोहसँग मिलेमतो गरी अवैध कल बाईपास गर्ने सञ्चालक का।जी।का।म।न।पा। वडा नं १, नक्साल निवासी रविराज सिंहलाई यस ब्यूरोले पक्राउ गरेपछि निजले श्रीलंकन नागरिकसंग मिलेमतोगरी नेपालमा Land line बाट अवैध कसबाईपास गर्ने गरेको तथ्य खुलासा भएको छ ।
निज सिंहले नुवाकोटका कान्छा गुरुङको नाममा Online Business गर्ने प्रयोजनका लागि कम्पनी नै खोली कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरबाट गत साउनमा मात्र कम्पनी दर्ता गर्न लगाई सो कम्पनीको कार्यालय का.जी. कामनपा.(१, पानीपोखरी स्थित डेरा लिई E1 टेलिफोन सेवा जडान गर्न लगाई सोही E1 PRI Land Line बाट अवैध कलवाईपासको उपकरण जोडी एकपटकमा १२० वटा लाइनमा एकै पटक कलबाईपास गर्न सक्ने बनाई बडा दसैँको बिदाको मौका पारी फुलपातीको अघिल्लो दिनदेखि कल वाईपास गरिरहेको खुलेको छ ।

नेपाल टेलिकमले उल्लिखित E1 PRI सेवा व्यक्तिलाई नदिने भएकाले सो सेवा लिने प्रयोजनकै लागि कम्पनी स्थापना गरेको पनि खुलेको छ ।
अवैध कलबाईपास गर्न आफू प्रमुख सञ्चालक भए पनि देखावटी रूपमा अर्काको नाममा कम्पनी खोली, घर भाडा सम्झौता समेत अर्कैको नाममा गरी, सो कार्यमा मोबाइल फोन सम्पर्क गर्न अर्कैको नाममा सीमकार्ड लिई निर्धक्क रूपमा अवैध कलबाईपास गर्दै आएका थिए ।

विशेष निग्रानी गरी निज रविराज सिंहलाई पक्राउ गरी निजको नक्साल स्थित घर खानतलासी गर्दा सो अवैध कल बाईपास गर्नका लागि कम्पनी दर्ता गर्दा, E1 सेवा तथा घर भाडामा लिंदाको सम्पूर्ण हिसाब किताबका अभिलेख फेला पर्नुका साथै सो कम्पनी मालिकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, कम्पनीको प्रवन्ध पत्र तथा नियमावलीको मस्यौदा समेतका दस्ताबेजहरू समेत बरामद भएका छन् ।

श्रीलंकन नागरिक नेपाल आई सो अवैध ख्इक्ष्ए जडान गरेर श्रीलंका फर्केपछि मात्र पानीपोखरी स्थित डेराकोठाबाट अवैध कलबाइपास सञ्चालनमा ल्याइएको थियो । नेपालबाट गरिने अवैध कलबाइपासमा श्रीलंकन नागरिकको संलग्नता खुलेको यो नै पहिलोपटक हो । पक्राउ प्रतिवादीलाई नेपाल दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही भइरहेको छ ।

पक्राउ प्रतिवादी रविराज सिंह यस भन्दा पहिले पनि विदेशीहरुसंग मिली नक्कली भारुको कारोबार गरेको अभियोगमा प्र।प्र।का। विशेष ब्यूरोले पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाण्डौबाट खोटाचलन मुद्दामा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा पुर्पक्षका लागि २ वर्ष जेल जीवन व्यतीत गरी सफाइ पाएका थिए ।

अवैध कल बाइपासमा ब्यूरोको प्रगति विवरण
CIB ले अवैध VOIP विरुद्ध हालसम्म ९२ स्थानहरुमा भएको कारबाहीमा नेपाली १०७ र विदेशी ३१ गरी १३८ जनालाई पक्राउ गरी कानुनी दयरामा ल्याइएको र पक्राउ अभियुक्तहरु विरुद्ध रु। ११,६७,५६,१८,८७४।४४ को बिगो मागदाबी लिई सम्मानित अदालतमा मुद्दा दायर गरिएको छ भने प्रस्तुत मुद्दामा NTC र NCL समेतलाई अवैध VOIP बाट भएको क्षतिको बिगोको विवरण आउन बाँकी नै भएकाले कूल मागदावी बिगो बढ्नेछ । यस कारबाहीमा हालसम्म विभिन्न दूर सञ्चार कम्पनीहरूका २२,०००र( थान सिम कार्डहरु र VOIP मा प्रयोग हुने आधुनिक उपकरणहरू समेत बरामद गरी जफत गरिसकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू