अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१४ | Colorodo: 11:29

जापानको कार उत्पादक कम्पनी निसानले ९ हजार रोजगारी कटौती गर्ने

बिआरटीनेपाल २०८१ कार्तिक २३ गते ५:३१ मा प्रकाशित

जापानी कार उत्पादक कम्पनी निसानले ९ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो वार्षिक बिक्री पूर्वानुमान घटेर गम्भीर अवस्थाको सामना गर्नुपर्ने भएकाले तत्काल कर्मचारी व्यवस्थापन गर्न परेको बताएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिदाले उत्तर अमेरिकी बजारमा निसानको व्यापार खस्कनु नै प्रमुख कारक भएको बताउनुभएको छ । निसानले विश्वव्यापी उत्पादन क्षमतामा २० प्रतिशतले कटौती गर्ने र विश्वव्यापी कर्मचारी नौ हजारले घटाउने कम्पनीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

उचिदाले नोभेम्बर २०२४ देखि आफ्नो मासिक पारिश्रमिकको ५० प्रतिशत स्वेच्छाले त्याग्ने र अन्य कार्यकारी समितिका सदस्यहरूले पनि त्यसअनुरूप तलब कटौती गर्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । कम्पनीको पहिलो अर्धवार्षिकमा शुद्ध नाफामा ९३ प्रतिशतले गिरावट आएको खबरमा उल्लेख छ ।

बेइजिङले समर्थन गरेको विद्युतीय गाडी कम्पनीहरू तीव्र गतिमा बढिरहेका कारण चीनमा पनि आफ्नो आधार खडा गर्न निसान र अरु प्रतिद्वन्द्वीहरूले सङ्घर्ष गरिरहेका छन् । कम्पनीले यसअघि एक सय ४० खर्ब येन अनुमान गरेकोमा अब एक सय २७ खर्ब येन ९८० अर्ब डलर० को शुद्ध बिक्री अपेक्षा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू