अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५६ | Colorodo: 09:11

कुवेतमा भएको आगलागीमा ज्यान गुमाउनेमध्ये ४० जना भारतीय नागरिक

बिआरटीनेपाल २०८१ जेठ ३१ गते ५:१७ मा प्रकाशित

कुवेतको एक बहुतले भवनमा भएको आगलागीमा ज्यान गुमाउने ४९ मध्ये ४० जना भारतीय भएका पुष्टि भएको छ । ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार राति बैठक गर्नुभएको थियो । आगलागीबाट प्रभावित परिवारलाई सहयोग गर्न हरसम्भव प्रयास गर्ने उहाँले बताउनुभएको छ । प्रधानमन्त्री माेदीले हिजै मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट २/२ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।

यो भवनमा धेरैजसो आप्रवासी कामदार बस्ने भएकाले मृतक पनि सबैजसो आप्रवासी नै हुनसक्ने खबरमा उल्लेख छ । आगलागीमा परि ५० जना घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू