अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३ | Colorodo: 19:48

बजेट ‘ब्रिफकेस’ प्रतिस्थापन गर्‍यो अल्लो र ढाका मिश्रित झोलाले

बिआरटीनेपाल २०८१ जेठ १५ गते ३:३८ मा प्रकाशित

प्रत्येक वर्ष अर्थमन्त्रीले संसद्‌मा वाचन गर्ने नयाँ आर्थिक वर्षको बजेट वक्तव्य राख्न प्रयोग गरिने विदेशी ‘ब्रिफकेस’ यसपालि स्वदेशी उत्पादनको झोलाले प्रतिस्थापन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आव २०८१र८२ का लागि संसद्को दुवै सदनमा केही बरेमा वाचन गर्ने बजेट वक्तव्य नेपालमै उत्पादित अल्लो र ढाकाको कपडाबाट बनेको झोलामा राख्नुभएको हो ।

अर्थमन्त्री पुन नयाँ बजेट अनुमोदन गराउन मन्त्रिपरिषद् बैठकमा सहभागी हुन जाने क्रममा बजेट वक्तव्य रहेको नेपाली झोला सार्वजनिक भएको हो । यसअघि दशकौंदेखि अर्थमन्त्रीहरूले विदेशी ब्रिफकेसमा बजेट वक्तव्य राखेर ल्याउँथे र संसदमा वाचन गर्थे । तर, यसपालि गठनबन्धन सरकारका अर्थमन्त्री पुनले नेपाली झोला प्रयोग गनुृभयो ।

अर्थ मन्त्रालयले उक्त झोला पर्यटन गन्तव्य ठमेलबाट खरिद गरेर ल्याएको हो । ‘स्वदेशी उत्पादन प्रवर्द्धन गर्न र स्थानीय उत्पदान प्रयोग बढाउनुपर्छ भनेर ब्रिफकेसको सट्टा अल्लो र ढाकाको कपडा मिश्रित झोलामा बजेट वक्तव्य राखेका हौं,’ अर्थमन्त्री पुनले भन्नुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू