अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

पेन्सनधारीको कर घटाउने बेलायती प्रधानमन्त्रीको घोषणा, गोर्खा सैनिक पनि लाभान्वित हुने

बिआरटीनेपाल २०८१ जेठ १५ गते ३:३३ मा प्रकाशित

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले ८० लाख पेन्सनधारीको कर घटाउने जनाउनुभएको छ । आउँदो जुलाई ४ मा बेलायतमा संसद्को निर्वाचन हुन लागेको बेलामा उनको कन्जरभेटिभ पार्टीलाई लाभ हुने गरी सो घोषणा गर्नुभएको हो ।

सोमबार सुनकले पेन्सनरलाई ट्याक्स फ्री एलाउन्स कम्तिमा २ दशमलव ५ प्रतिशतसम्म बढाउनुभयो, जसअनुसार करिब ८० लाख पेन्सनरलाई आउँदो २०२५ मा करिब १०० पाउण्ड कम कर लाग्नेछ । साथै २०३० बाट वार्षिक रूपमा २७५ कम कर लिइने प्रधानमन्त्री सुनकले बताउनुभयो ।

सुनकले अहिलेको यो साहसिक निर्णयले आफ्नो पार्टी पेन्सनरको पक्षमा रहेको देखाएको जनाउनुभयो । बेलायतमा ठूलो संख्यामा रहेका ब्रिटिश गोर्खा सैनिक पनि यसबाट लाभान्वित हुन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू