अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

भारतको बाल अस्पतालमा आगलागी, कम्तीमा ६ नवजात शिशुको मृत्यु

बिआरटीनेपाल २०८१ जेठ १३ गते ५:०३ मा प्रकाशित

भारतको राजधानी नयाँ दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जना नवजात शिशुको मृत्यु भएको छ । शनिबार राती पूर्वी दिल्लीको विवेक बिहारस्थित बेबी केयर सेन्टरमा आगलागी भएको हो । आगलागीमा १२ नवजात शिशुको भने सकुशल उद्धार गरिएको छ ।

आगलागीमा जलेका ६ जना नवजात शिशुको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनीहरुको अवस्था भने गम्भीर रहेको छ । विद्युत शर्ट भइ आगलागी भएको अनुमान गरिए पनि घटनाबारे अनुसन्धान जारी छ । आगलागीले सो अस्पतालका उपकरणहरु नष्ट भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू