अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१३ | Colorodo: 17:28

युक्रेन र इजरायललाई ८७ अर्ब डलर सहयोग दिने प्रस्ताव अमेरिकी सदनमा पेश हुँदै

बिआरटीनेपाल २०८१ वैशाख ८ गते ८:५० मा प्रकाशित

केही महिनाको ढिलाइपछि अमेरिकी प्रतिनिधि सभाले बल्ल युक्रेनलाई राहत प्याकेज दिने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । युक्रेनलाई अर्बौं डलरको राहत प्याकेज दिने प्रस्तावमाथि आज अमेरिकी संसदमा प्रस्ताव पेश हुने बीबीसीले जनाएको छ । यो प्रस्तावमा इजरायललाई पनि राहत प्याकेज उपलब्ध गराउने विषय समावेश रहेको छ ।सभामुख माइक जोन्सनले प्रस्तावमा मतदान गराउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रस्ताव पारित भएमा युक्रेनले ६१ अर्ब, इजरायलले २६ अर्ब र ताइवानसहित इन्डो प्यासिफिक क्षेत्रले आठ अर्ब डलर बराबरको रकम र सैन्य सहयोग पाउने खबरमा उल्लेख छ ।

अमेरिकाले राहत प्याकेज चाँडै पारित नगरेमा रुसले युक्रेनमाथि विजय प्राप्त गर्न सक्ने र यो अमेरिका र युरोपका लागि खतरनाक हुने युक्रेनले चेतावनी दिइरहेको थियो । अहिले मिसाइल र हवाई हमला प्रतिरक्षा प्रणाली अभाव हुँदै गएपछि युक्रेनमाथि रुस हावी हुँदै गइरहेको छ । यसैबीच अमेरिकी संसदमा चीन, इरान, रुस लगायतका देशमाथि विभिन्न प्रतिबन्ध लगाउने प्रस्ताव पनि पेश हुँदैछ । चिनियाँ एप टिकटकमाथिको प्रतिबन्ध, रुसमाथि प्रतिबन्ध लगाएपछि फ्रिज भएर बसेको सम्पत्ति बेच्न अनुमति दिने र रुस, इरान र चीनमाथि नयाँ प्रतिबन्धका प्रस्ताव संसदमा पेश हुने खबरमा उल्लेख छ ।

यी प्रस्ताव तल्लो सभाबाट पारित भएपछि सिनेटले पारित गर्नुपर्नेछ । त्यसपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू