अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१७ | Colorodo: 04:32

विश्वको तापक्रम बढाइरहेको ‘एल निनो’ को प्रभाव सकियो : वैज्ञानिक

बिआरटीनेपाल २०८१ वैशाख ५ गते ७:१० मा प्रकाशित

विश्वको तापक्रमलाई नयाँ उचाइमा पुर्‍याउने शक्तिशाली मौसमी घटना ‘एल निनो’ को प्रभाव सकिएको वैज्ञानिकले बताएका छन् । अष्ट्रेलियाको मौसम विज्ञान ब्यूरोले ‘’एल निनो’ को प्रभाव सकिएर प्रशान्त महासागर पर्याप्त रूपमा चिसो भएको बताएको बीबीसीले जनाएको छ ।गएको जुन महिनामा प्रशान्त महासागरको पानी प्राकृतिक रुपमै तातेपछि देखिने मौसमी असर ‘एल निनो’ शुरु भएको थियो । त्यही जुनदेखि मार्चसम्म लगातार १० महिना विश्वको तापक्रम अहिलेसम्मकै उच्च भएको छ । तापक्रम उच्च हुनुमा जलवायु परिवर्तनसँगै ‘एल निनो’ को प्रभाव रहेको वैज्ञानिकको भनाई छ ।

‘एल निनो’ को प्रभाव सकिएकोले अब हुने तापक्रमले जलावायु परिवर्तनको मात्रै असरबारेमा थाहा हुने अनुसन्धानकर्ताले बताएका छन् । हरेक दुईदेखि सात वर्षको अन्तरमा ‘एल निनो’ को असर देखिने गरेको छ । तर त्यसको प्रभाव भने कम वा बढी हुन हुन्छ । यसअघि सन् २०१६ मा ‘एल निनो’ पूर्ण रुपमा सक्रिय भएको थियो । यस पटक देखिएको ‘एल निनो’ को प्रभाव भने सन् १९५० यताकै शक्तिशाली रहेको अष्ट्रेलियाको मौसम विज्ञान ब्यूरोले जनाएको छ । यस पटक देखिएको ‘एल निनो’ को प्रभाव चीनदेखि अमेरिकासम्मका धेरैजसो भागमा देखिएको छ ।

यस बर्षको ‘एल निनो’ गएको डिसेम्बरमा उत्कर्षमा पुगेको थियो । ‘एल निनो’ का कारण तापक्रममा उच्च वृद्धिसँगै विभिन्न ठाउँमा लु चल्ने तथा अत्याधिक बर्षा भएर बाढी पहिरोका घटना बढेका छन् । अब तापक्रम उच्च हुने क्रम कम हुँदै जलवायुजन्य घटना कम हुन सक्ने वैज्ञानिकको आशा छ । तर जलावायु परिवर्तनको असर भने रहिरहन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू