अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३९ | Colorodo: 11:54

खाडी क्षेत्रमा भएको मुसलधारे वर्षाले जनजीवन अस्तव्यस्त : ओमानमा १८ र यूएईमा एकजनाको ज्यान गयो

बिआरटीनेपाल २०८१ वैशाख ५ गते ७:०५ मा प्रकाशित

खाडी क्षेत्रमा मुसलधारे वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)मा भएको वर्षाका कारण दुबई, आबुधाबीलगायतका शहरको जनजीवन प्रभावित भएको खालीज टाइम्सले जनाएको छ ।यूएई मौसम विभागकाअनुसार २४ घण्टाभन्दा कम समयमा दुई सय ५४ मिलिमिटरसम्म पानी परेको छ । यूएईमा ७५ वर्षयताकै ठूलो पानी परेको हो । बहराइन, कतार र साउदी अरबमा पनि ठूलो पानी परेको छ ।

यूएईमा बाढीका कारण एकजनाको ज्यान गएको समाचार संस्था एपीले जनाएको छ । यूएईमा भएको ठूलो वर्षाले छिमेकी देश ओमानमा बाढी आएको छ । बाढीका कारण ओमानमा १८ जनाको ज्यान गएको छ । ओमान र यूएईमा वर्षाका कारण विद्यालय बन्द गरिएका छन् । सडक तथा विमानस्थलमा बाढी पस्दा यातायात सेवा अबरुद्ध भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू