अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२४ | Colorodo: 12:39

मिसाइलको चर्को अभाव भएकाले रुससँगको लडाईं कमजोर बन्दै गएको युक्रेनी राष्ट्रपति जेलेनेस्कीको गुनासो

बिआरटीनेपाल २०८१ वैशाख ४ गते ६:४३ मा प्रकाशित

युक्रेनले रुससँगको युद्धमा मिसाइलको चर्को अभाव भएको बताएको छ ।  गएको महिना कयौँ रुसी हमला विफल बनाएको र रुसमाथि जवाफी आक्रमण गरेको युक्रेनले यो महिनाको शुरुदेखि मिसाइल र हवाई रक्षा प्रणालीको अभाव भएको जनाएको हो ।मिसाइलको अभाव हुँदा रुसले राजधानी किभ वरपरका सबैजसो पावर प्लान्ट ध्वस्त बनाइरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । गएको महिना रुसले १८ सय मेगावाट क्षमताको थर्मल प्लान्ट ध्वस्त बनाइदिएपछि युक्रेनमा उर्जा सङ्कट पनि बढेको छ । सरकारले नागरिकलाई विद्युत बचत गर्न आग्रह गरेको छ ।

जेलेनेस्कीले यो महिनाको शुरुदेखि नै मिसाइल र गोलाबारुदको अभाव रहेको भन्दै अमेरिका र पश्चिमा देशसँग सहयोग माग्नुभएको थियो । तर माग अनुसारका मिसाइल नपाएपछि अहिले युक्रेन कमजोर अवस्थामा पुगेको छ । अब यदि रुसले आफ्नो तीव्र गति र लामो दूरीको बमबारी अभियान जारी राख्यो भने अवस्था झनै जटिल बन्ने युक्रेनी राष्ट्रपति जेलेनेस्कीले बताउनुभएको छ । अहिले युक्रेनका पश्चिमी मित्र राष्ट्रहरू युक्रेनमा थप हवाई रक्षा पठाउन अनिच्छुक देखिएका छन् ।

रुसले युक्रेनमाथि विजय प्राप्त गरेमा समग्र युरोप नै खतरामा पर्ने भन्दै युक्रेनले अत्याधुनिक मिसाइल र रक्षा प्रणालीको माग गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू