अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३४ | Colorodo: 12:49

पाकिस्तानमा वर्षा र चट्याङका कारण कम्तीमा ३९ जनाको ज्यान गयो

बिआरटीनेपाल २०८१ वैशाख ४ गते ६:४१ मा प्रकाशित

पाकिस्तानमा केही दिनदेखिको असामान्य वर्षा र चट्याङका कारण कम्तीमा ३९ जनाको ज्यान गएको छ । मृतकमध्ये केही गहुँ काट्ने क्रममा चट्याङ लागेर मारिएका किसान रहेका पाकिस्तानी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले आउँदा दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ । पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पन्जाबमा शुक्रवारदेखि आइतवारसम्म चट्याङ लागेर २१ जनाको ज्यान गएको खबरमा उल्लेख छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले एनडीएमएलाई प्रान्तहरूसँग समन्वय गर्न र क्षति भएका क्षेत्रहरूमा राहत सामग्री प्रदान गर्न भन्नुभएको छ । पाकिस्तान अप्रत्याशित मौसमी ढाँचाका साथै प्रायः विनाशकारी मनसुनी वर्षाको जोखिममा रहेको छ । पाकिस्तानमा सामान्यतया जुलाईमा मनसुनी वर्षा हुने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू