अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१७ | Colorodo: 12:32

इरानले इजरायलमाथि गरेको आक्रमणको सर्वत्र विरोध

बिआरटीनेपाल २०८१ वैशाख ३ गते ८:५७ मा प्रकाशित

इरानले इजरायलमाथि गरेको आक्रमणको पश्चिमा देशहरुले निन्दा गरेका छन् । आक्रमणले मध्यपूर्वलाई थप अस्थिर बनाउने भन्दै पश्चिमा राष्ट्रहरुले चिन्ता प्रकट गरेका हुन् । फ्रान्स, जर्मनी, बेलायत, क्यानडा, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया लगायत अमेरिकाका सहयोगीले इरानको आक्रमणको विरोध गरेका हुन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले आक्रमणको निन्दा गर्दै यसले विश्वमा नै गम्भीर तनाव निम्त्याएको बताउँदै आक्रमणले मध्यपूर्वमा ठूलो सैन्य मुठभेड निम्तन सक्ने चेतावनी दिनुभएको छ ।

यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले उच्च सुरक्षा अधिकारीहरूसँगको आपत्कालीन बैठकपछि इजरायललाई समर्थन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । इरान र उसका सहयोगीहरूको खतराविरुद्ध इजरायलको सुरक्षाका लागि अमेरिकाको प्रतिबद्धता बाइडेनले दोहोर्याउनुभएको छ ।यस्तै चीनको विदेश मन्त्रालयले आक्रमणलाई ‘गाजा द्वन्द्व’ को पछिल्लो बाछिटाको रूपमा चित्रण गर्दै संयमित हुन आग्रह गरेको छ । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सबै पक्षलाई संयमता अपनाउन, हिंसाबाट जोगिन र कुटनीतिक वार्तामा फर्कन आग्रह गर्दै तत्काल तनाव कम गर्न आह्वान गरेको छ ।

गत अप्रिल १ मा सिरियाको दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासमा इजरायलले क्षेप्यास्त्र आक्रमण गरेर दुई जना इरानी कमाण्डरसहित १५ जनाको हत्या गरेपछि त्यसको बदलामा इरानले इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हो । इजरायली सेनाले भने इरानले प्रहार गरेको तीन सय वटाभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन आकासबाटै खसालेको दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू