अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गरायो

बिआरटीनेपाल २०८० चैत ३० गते ७:०६ मा प्रकाशित

प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई फरक तरिकाले साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गराएको छ । एप्पलले प्रयोगकर्ताहरु मेशिनरी स्पाइवयर अट्याक अर्थात  डिभाइसमा प्रयोग भएको इन्टरनेटको डाटा चोरेर महत्वपूर्ण जानकारी लिने जस्ता समस्या हुन सक्ने भन्दै सचेत गराएको हो ।यसले आइफोन प्रयोगकर्ताको बैंक खाता खाली गर्ने जोखिम धेरै भएको एप्पलले जनाएको छ । यो आक्रमण नियमित साइबर आपराधिक आक्रमणहरू भन्दा फरक रहेका र अहिलेसम्म यस्ता घटना कम सङ्ख्यामा मात्रै भएका बीबीसीले जनाएको छ ।

कम्पनीले हालसाले मात्र धेरै प्रयोगकर्ताहरू स्पाइवेयर प्रयोग गरेर आक्रमणको जोखिममा रहेका पत्ता लागेको जनाएको छ । त्यसपछि कम्पनीले प्रयोगकर्तालाई इमेलमार्फत यो खतराबारे जानकारी गराएको खबरमा उल्लेख छ । कम्पनीले जोखिममा रहेका ९० देश कुन–कुन हुन् भन्ने जानकारी भने अहिलेसम्म  दिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू