अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

गाजा युद्धमा इजरायलले व्यवस्थापकीय ‘गल्ती’ गरिरहेकाे छ : अमेरिकी राष्ट्रपति

बिआरटीनेपाल २०८० चैत २८ गते ७:२६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा युद्धमा इजरायलले व्यवस्थापकीय ‘गल्ती’ गरिरहेकाे बताउनुभएको छ । यसअघि पनि बाइडेनले इजरायलको आलोचना गर्दै आउनुभएकोमा यो सबैभन्दा कडा आलोचना हो । बाइडेनले युद्धविरामका लागि आह्वान गर्न, आउँदो छ देखि आठ हप्ताका लागि अनुमति दिन र गाजामा जाने सबै खाद्यान्न र औषधिमा पूर्ण पहुँच प्रदान गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग आग्रह गर्नुभएको छ ।

अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूले युद्धविराम र बन्धक मुक्त सम्झौतामा प्रगति खोजिरहेका बेला बाइडेनको याे टिप्पणी आएको हो । तर इजरायल र हमास समूहबीच युद्धविराम सहज भने छैन । हमासले स्थायी युद्धविराम, गाजाबाट सबै इजरायली सेनाको फिर्ती र देशको उत्तरी क्षेत्रमा प्यालेस्टिनीलाई निर्बाध आवतजावत खुला गरिनुपर्ने आफ्नो अडान सार्वजनिकरूपमा व्यक्त गर्दै आइरहेको छ ।

इजरायलका प्रधानमन्त्री नेतन्याहुले हमासको अन्त्य र उसले बन्धक बनाएका मानिस मुक्त नहुँदासम्म युद्ध गरिरहने बताउनुभएको छ । इजरायलमा अन्तर्राष्ट्रिय दबाब बढेको मौका पारेर हमासले भने आफ्ना मागहरूमा थप अडान लिन थालेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू