अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५७ | Colorodo: 15:12

म्यानमारमा सैनिक शाषकविरुद्ध ड्रोन हमला

बिआरटीनेपाल २०८० चैत २३ गते ६:०४ मा प्रकाशित

म्यानमारको राजधानी नेपितह शहरमा विपक्षी समुहले श्रृंखलावद्ध ड्रोन हमला गरेका छन् । सैनिक सरकारको कडा सुरक्षा घेरामा रहेको राजधानीमा विपक्षीहरूले जुन्टा सरकारमाथि दुर्लभ सामूहिक ड्रोन आक्रमण गरेका हुन् । आफूलाई निर्वासित सरकार बताउने ‘राष्ट्रिय एकता सरकार’ (एन.यू.जी) ले विमानस्थल, वायुसेना आधार र सेनाको मुख्यालयमा विस्फोटक पदार्थले सुसज्जित २९ ड्रोन तैनाथ गरेको जनाएको छ ।

जुन्टा सरकारले ड्रोनलाई रोकेको र धावनमार्गमा विस्फोट भएको एउटासहित सात वटालाई खसालेको दाबी गरेको छ । घटनामा कुनै हताहत भएको छैन । एन.यू.जी. ले यसअघि आङ सान सुकीको नेतृत्वमा रहेको निर्वाचित नागरिक सरकारको प्रतिनिधित्व गर्छ । सन् २०२१ मा सैनिक कु भएपछि सुकी आफ्नै निवासमा नजरबन्दमा छन् भने अधिकांश नेताहरु निर्वासित छन् । संयुक्त राष्ट्रसंघका अनुसार म्यनमारमा पछिल्लो तीन वर्षको गृहयुद्धले हजारौंको ज्यान लिएको छ भने करिब २६ लाख मानिस विस्थापित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू