अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०८ | Colorodo: 05:23

गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३० हजार ६३१ पुग्यो

बिआरटीनेपाल २०८० फागुन २३ गते ५:३१ मा प्रकाशित

जारी इजरायली आक्रमणबाट गाजा पट्टीमा प्यालेस्टाइनीको मृत्यु हुने संख्या ३० हजार ६३१ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले विगत २४ घण्टामा इजरायली सेनाले ९७ जनाको ज्यान लिनुका साथै १२३ जनालाई घाइते बनाएको र यसबाट कुल मृत्यु हुनेको संख्या ३० हजार ६३१ तथा घाइतेको सङ्ख्या ७२ हजार ४३ पुगेको जनाएको छ । बमबारी र नागरिक सुरक्षा तथा एम्बुलेन्स टोलीको अभावमा केही पीडितहरू भग्नावशेषमुनि रहेको बताइएको छ ।

प्यालेस्टाइनी विदेश मन्त्रालयले द्वन्द्वको निरन्तरताका कारण तटीय एन्क्लेभमा मानवीय संकट गहिरिँदै गएको चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू