अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको कुनै योजना छैन : राष्ट्रपति पुटिन

बिआरटीनेपाल २०८० फागुन १९ गते ५:२४ मा प्रकाशित

रुसले अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने गरी अहिलेसम्म कुनै योजना नबनाएको राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ । सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा उहाँले पश्चिमाहरुले निराधार हल्ला फैलाउने काम गरेका टिप्पणी गर्नुभएको क्रेमलिनलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

राष्ट्रपति पुटिनले यी हल्लामा आफूहरुले पहिलादेखि नै अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने कुनै तयारी नभएको स्पष्ट पारिसकेको बताउनुभयो । रुसले आणविक अन्तरिक्ष हतियारको विकासमा काम गरिरहेको अमेरिकी गुप्तचर तथ्याङ्कले खुलासा गरेको दाबीसहित पश्चिमी सञ्चार माध्यमले खबर छापेका थिए ।

यी खबरपछि रुसको पछिल्लो प्रतिक्रिया आएको हो । अमेरिकी हाउस इन्टेलिजेन्स कमिटीका अध्यक्ष माइक टर्नरले रुसको कदमलाई गम्भीर राष्ट्रिय खतरा भनेपछि समाचार बाहिर आएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू