अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३६ | Colorodo: 04:51

युक्रेनमा पश्चिमाले सेना पठाए मानव सभ्यता विनाश हुने पुटिनको चेतावनी

बिआरटीनेपाल २०८० फागुन १७ गते ६:१७ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरूलाई युक्रेनमा सेना नपठाउन आग्रह गर्नुभएको छ । सन् २०२४ को रुसी राष्ट्रपतीय निर्वाचनको दुई साताअघि राष्ट्रका नाममा वार्षिक सम्बोधन गर्दै पुटिनले युक्रेनमा पश्चिमी सेना तैनाथ गरिए परिणाम निकै ‘दुःखद’ हुने चेतावनी दिनुभयो ।

यसै साता फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले युक्रेनमा पश्चिमी सेना पठाउन सकिने किसिमको टिप्पणी गर्नुभएको थियो । पश्चिमी टीकाटिप्पणीले ‘आणविक हतियारको प्रयोगसहितको युद्ध र फलस्वरूप (मानव)सभ्यताको विनाशु हुने किसिमको धम्की भएको पुटिनको भनाइ छ ।

क्रय क्षमता (पीपीपी)का आधारमा रुस युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको र वैश्विकरूपमा चौथो हुन सक्ने पुटिनको दाबी छ । पुटिनले युक्रेन आक्रमणको दोस्रो वर्षमा पुग्दा रुसी सेनाले धेरै क्षेत्रमा प्रगति गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू